Day: August 30, 2025

जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार छः स्वास्थ्य मन्त्री थापा

जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार छः स्वास्थ्य मन्त्री थापा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१४ भदौ, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार रहेको बताएका छन् । आफ्नो जन्मदिनको अवसरमा हेटौँडास्थित मानव सेवा आश्रम पुगेर अनाथ, असहाय र परिवारविहीनसँग समय विताएका मन्त्री थापाले राज्य सबै नागरिकको संरक्षक भएको बताए । आश्रममा आयोजित कार्यक्रममा मन्त्री थापाले राज्य सबै नागरिकको संरक्षक भएको स्पष्ट पार्दै यस वर्षको बजेटमार्फत आश्रममा आश्रित रहेकाहरुको स्वास्थ्य बिमाको शुल्क प्रदेश सरकारले नै तिरिदिने व्यवस्था गरिएको जानकारी दिए । उनले सबैभन्दा ठूलो धर्म मानव सेवा रहेको उल्लेख गर्दै भगवानको मन्दिरमा भन्दा पनि मानवको सेवा गर्न सके त्यो नै सबैभन्दा ठूलो र पुण्य काम हुने बताए । मानव सेवा आश्रमले आश्रितहरूको आवास, खानपान, स्वास्थ्य र सरसफाइमा गरिरहेको योगदानको प्रशंसा गर्दै मन्त्री थापाले आश्रमलाई व्यवस्थित बनाउन सरकारबाट कम्ती...
सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ भदौ, हेटौँडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गरिखाने वर्गको पक्षमा रहेको बताएका छन् । सबै नागरिकलाई कामको नैतिकताका आधारमा हेर्ने गरी अघि बढेको उनले बताए । चितवन उद्योग संघको ३४ औं बार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ प्रदेश सरकारको प्राथमिकता उद्यमी र परिश्रमी नागरिकलाई समर्थन गर्नु रहेको स्पष्ट पारे । बारम्बारको सरकार परिवर्तनले देशको विकास र विशेषगरी ‘गरिखाने वर्ग’को प्रगतिमा बाधा पु¥याएको उनको भनाई छ । उनले वर्तमान गठबन्धन सरकार पाँचवर्षे स्थायित्व प्रदान गरी लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक मेरुदण्डका रुपमा रहेका बताए । उद्योगी–व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्न वर्तमान सरकार गठन भएको उनले दावी गरे । मुख्यमन्त्री लामाले देशको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणालीमा रहेको औंल्याए । निर्वाचन प...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार, स्वास्थ्य
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने । शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...