जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार छः स्वास्थ्य मन्त्री थापा

१४ भदौ, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जसको कोही छैन, त्यसको लागि प्रदेश सरकार रहेको बताएका छन् । आफ्नो जन्मदिनको अवसरमा हेटौँडास्थित मानव सेवा आश्रम पुगेर अनाथ, असहाय र परिवारविहीनसँग समय विताएका मन्त्री थापाले राज्य सबै नागरिकको संरक्षक भएको बताए ।

आश्रममा आयोजित कार्यक्रममा मन्त्री थापाले राज्य सबै नागरिकको संरक्षक भएको स्पष्ट पार्दै यस वर्षको बजेटमार्फत आश्रममा आश्रित रहेकाहरुको स्वास्थ्य बिमाको शुल्क प्रदेश सरकारले नै तिरिदिने व्यवस्था गरिएको जानकारी दिए ।
उनले सबैभन्दा ठूलो धर्म मानव सेवा रहेको उल्लेख गर्दै भगवानको मन्दिरमा भन्दा पनि मानवको सेवा गर्न सके त्यो नै सबैभन्दा ठूलो र पुण्य काम हुने बताए ।

मानव सेवा आश्रमले आश्रितहरूको आवास, खानपान, स्वास्थ्य र सरसफाइमा गरिरहेको योगदानको प्रशंसा गर्दै मन्त्री थापाले आश्रमलाई व्यवस्थित बनाउन सरकारबाट कम्तीमा खानाको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । साथै, आश्रमका बिरामीलाई हेटौँडा अस्पतालमार्फत निःशुल्क उपचार उपलब्ध गराइने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन भइरहेको हेटौँडा अस्पतालले स्वास्थ्य सेवामा उल्लेख्य सुधार ल्याएको दावी गर्दै हाल ३०० बेडमा सञ्चालन भइरहेको अस्पताललाई छिट्टै नै ५०० बेडसम्म विस्तार गर्न प्रदेश सरकारले तयारी थालिसकेको जानकारी दिए ।

उनले हेटौँडा अस्पतालको नाम परिवर्तन नहुने स्पष्ट पार्दै प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिँने स्पष्ट पारे । मन्त्री थापाले विरोधका लागि विरोध नगर्न पनि आग्रह गरे । प्रतिष्ठानमार्फत हेटौँडामा एमडी पढाइ सुरु भएको र चाँडै एमबिबिएस पनि सुरु हुने जानकारी दिँदै मन्त्री थापाले अहिले विभिन्न तहमा ३५८ विद्यार्थीले अध्ययन गरिरहेको बताए ।

स्वास्थ्य मन्त्री थापाले आफ्नो जन्मदिनको दिन आश्रममा आश्रितसँगै बिहानको खाना खाएका थिए । उनले आश्रममा बस्ने अनाथ र असहायसँग नजिकिएर सेवा गर्न पाउनु ठूलो भाग्य भएको भएको बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...