१४ भदौ, हेटौँडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गरिखाने वर्गको पक्षमा रहेको बताएका छन् । सबै नागरिकलाई कामको नैतिकताका आधारमा हेर्ने गरी अघि बढेको उनले बताए ।
चितवन उद्योग संघको ३४ औं बार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ प्रदेश सरकारको प्राथमिकता उद्यमी र परिश्रमी नागरिकलाई समर्थन गर्नु रहेको स्पष्ट पारे । बारम्बारको सरकार परिवर्तनले देशको विकास र विशेषगरी ‘गरिखाने वर्ग’को प्रगतिमा बाधा पु¥याएको उनको भनाई छ ।
उनले वर्तमान गठबन्धन सरकार पाँचवर्षे स्थायित्व प्रदान गरी लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक मेरुदण्डका रुपमा रहेका बताए । उद्योगी–व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्न वर्तमान सरकार गठन भएको उनले दावी गरे । मुख्यमन्त्री लामाले देशको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणालीमा रहेको औंल्याए । निर्वाचन प्रणालीमा बृहत् सुधारको आवश्यकतामा जोड उनले बताए ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रणाली र राष्ट्रिय सभामा समावेशी समानुपातिक प्रणाली अपनाउँदा स्थिर सरकार बन्ने र देशले विकासको गति लिने उनले दृष्टिकोण व्यक्त गरे । ‘प्रदेश सरकार अब ‘ठगी खाने’ र ’मागी खाने’ नभई ‘गरिखाने वर्ग’को पक्षमा उभिनेछ । समाजलाई धनी र गरिवको पुरानो दृष्टिकोणबाट नभई कामको नैतिकताका आधारमा हेरिनुपर्छ ।’ उनले भने, ‘प्रदेशको आर्थिक गतिविधिलाई बढावा दिन भारतसँगको ठोरी नाकालाई व्यापारिक मार्गका रुपमा खोल्न उच्च प्राथमिकता दिनेछौ । सरकारले उद्योग, खानेपानी, सिँचाइ, जलविद्युत् र पर्यटन जस्ता क्षेत्रमा गौरवका आयोजनाहरु अघि बढाउने छ ।’
उनले वर्तमान सरकार गरिवमुखी, सेवामुखी, आयमुखी, न्यायमुखी, जनतामुखी र विकासमुखी हुने संकल्प व्यक्त गरे । पारदर्शी र जवाफदेही शासन प्रणालीमार्फत समृद्ध बागमती प्रदेश निर्माणका लागि सबैको सहकार्यमा उनले जोड दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।