राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जित्ने सूची’मा परेन मकवानपुर
१७ फागुन, हेटौंडा । यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दलहरू आन्तरिक रणनीति र सिट प्रक्षेपणमा केन्द्रित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रत्यक्षतर्फ ५० सिट जित्ने दाबी गरिरहे पनि मकवानपुरलाई भने ‘जित सुनिश्चित’ सूचीमा नराखेको तथ्य बाहिरिएको छ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न कठिन हुने निष्कर्षसहित पार्टीले दुवै क्षेत्रलाई कमजोर सम्भावनाको सूचीमा राखेको स्रोतको दाबी छ। बागमती प्रदेशका ३३ मध्ये १५ सिट जित्ने लक्ष्य लिएको रास्वपाले मकवानपुरबाहेक चितवनका तीनै क्षेत्र, काठमाडौंका निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई जित सुनिश्चित सूचीमा समेटेको बताइएको छ।
त्यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका एक–एक क्षेत्र तथा नुवाकोट र धादिङका दुवै क्षेत्र जित्न सकिने प्रक्षेपणमा राखिएको छ।
मकवानपुर ‘जित्ने सूची’मा नपरेको खबर...























