Breaking News 2

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, थाहा, राजनीति, समाचार
१० भदौ, हेटौँडा । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र मश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यलय स्थापना गर्नुपर्ने बिषय उठेको छ । यसैबिच मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । उनले देशभरका २३ स्थानमा प्रशासनिक सेवा विस्तार गरी जनतालाई सहज बनाउन सरकारले अघि स...
काठमाडौँको कपनमा ‘मेरो फोन’ मोबाइल पसलको भव्य उद्घाटन

काठमाडौँको कपनमा ‘मेरो फोन’ मोबाइल पसलको भव्य उद्घाटन

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर, कपनमा “मेरो फोन” नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन गरिएको छ । आधुनिक प्रविधियुक्त मोबाइल तथा यससँग सम्बन्धित सम्पूर्ण एक्सेसरीहरू उपभोक्तालाई सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । आयोजकहरूले “मेरो फोन”लाई उपभोक्ताको विश्वास जित्ने, गुणस्तरीय सेवा दिने र समयानुकूल नयाँ प्रविधि उपलब्ध गराउने केन्द्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उक्त मोबाइल पसलमार्फत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल एक्सेसरी, रिपेयरिङ सेवा तथा अन्य डिजिटल सामग्री उपभोक्ताहरूले एकै स्थानबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।  ...

तीज पर्वले नारी एकता र सामाजिक सद्भाव बढाउँछः मुख्यमन्त्री बानियाँ

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१० भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजले नारी एकता, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताएका छन् । तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले तीज पर्वले महिलाहरूलाई धार्मिक आस्था, सामाजिक संस्कार र सांस्कृतिक पहिचानसँग जोड्ने माध्यमको रूपमा रहेको उल्लेख गरेका छन् । ‘तीज पर्वले नारीलाई धार्मिक विश्वाससँगै आत्मबल, धैर्य र समर्पणको प्रेरणा दिन्छ । यस पर्वले पारिवारिक र सामाजिक जीवनमा एकता, प्रेम र सद्भावको वातावरण सिर्जना गर्दछ ।’ मुख्यमन्त्री बानियाँले तीज पर्वलाई मौलिक संस्कृति, मूल्य र परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा लिँदै पछिल्ला समयमा देखापरेका सामाजिक विकृति, विसङ्गति र भड्किलो खर्चजस्ता प्रवृत्तिबाट टाढा रहन सबैमा आह्वान गरेका छन् । ‘...
बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
१० भदौ, हेटौँडा । एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले त्रिभुवन राजमार्गअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघझोरा खहरेको समस्या दीर्घकालीन समाधानका लागि ओभरब्रिज वा अण्डरपास निर्माण गर्न माग गरेका छन्। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासँग भेट गरी सांसद बर्तौलाले बाघझोराको ग्राभेलसहितको भेल बाढीले बारम्बार सडक अवरुद्ध गर्ने समस्या हल गर्न ध्यानाकर्षण गराएका हुन्। ‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग हुँदै देशभर आवतजावत गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो। सामान्य वर्षामा समेत खहरे बाढीले सडक घण्टौँसम्म बन्द हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्राविधिक हिसाबले उपयुक्त अण्डरपास वा ओभरब्रिज निर्माण आवश्यक छ।’ सांसद बर्तौलाले तत्काल अध्ययन सुरु ...
०८४ को चुनाव व्यक्तिगत हैसियतको होइन, जिम्मेवारीको हो : गगन थापा

०८४ को चुनाव व्यक्तिगत हैसियतको होइन, जिम्मेवारीको हो : गगन थापा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
९ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र डर, लोभ र अन्योलको मानसिकता त्याग्नुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले २०८४ सालको निर्वाचनलाई व्यक्तिगत हैसियतको दृष्टिले भन्दा राष्ट्रप्रतिको जिम्मेवारीका आधारमा लिनुपर्ने बताए। 'यो बेला कांग्रेसले सबैभन्दा पहिले ०८४ मा मेरो अवस्था के होला भन्ने मानसिकता त्याग्नुपर्छ,' उनले भने, ,'प्रधानमन्त्रीको आलोपालो भन्ने ओलीजीको कुरा पनि बिर्सिनुपर्छ, त्यो बाटो हाम्रो लागि होइन ।' थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाउने आलोपालो सरकारको प्रसंगलाई कांग्रेसले अनावश्यक रूपमा गम्भीरतापूर्वक नलिनुपर्ने धारणा राखे। 'उहाँले पद छाड्नुहुन्छ कि हुन्न भन्ने अन्योलमा बस्न जरुरी छैन,' थापाले स्पष्ट पारे । उनले कांग्रेसले आफ्नो भूमिकालाई स्पष्ट पार्दै लोभ, डर र अन्योलबाट बाहिर निस्कन ...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
बागमती सरकारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख दिने

बागमती सरकारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख दिने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
४ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मनहरि गाउँपालिका वडा नम्बर ६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् । ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रक्रिया पूरा गर्न प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् । बानियाँले सो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्य...

निवास र कार्यालय खर्चमा ५० प्रतिशत कटौती गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीनिवास र कार्यालयमा हुने सुविधाबापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीनिवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोबस्तीबापतको खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका हुन्। आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहितासहित काम गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे। मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा–सुविधाबापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाउने प्रतिबद्धता गरे। ‘जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखीतर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहनेछ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ,’ उनल...
परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२५ साउन, हेटौँडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा धुमधामका साथ आयोजना हुँदै आएको छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने जनविश्वास छ। यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य छ। पुत्रशोकले ग्रस्त रानीलाई संसारको शोक देखाउन उनले प्रजालाई आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन सु...
फोनिज रामेछापको २६औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

फोनिज रामेछापको २६औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२४ साउन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस शनिबार मन्थलीमा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका दुई क्रियाशिल पत्रकारलाई नगदसहित सम्मान समेत गरिएको छ। आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक पत्रकारिता गरेर उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ ‘खोज पत्रकारिता पुरस्कार’ र नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ बाट सम्मानित गरिएको छ । फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज