२९ मङ्सिर, हेटौँडा । इसाई धर्मावलम्बिहरुको महान पर्व क्रिसमसको अवसर पारेर मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा एक दिने विशेष आत्मिक कार्यक्रम सम्पन्न भएको छ । मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक एवं पास्टर कुमार सिंह प्रजा प्रमुख वक्ता रहनुभएको थियो ।
उहाँले ‘यो पृथवीमा प्रभु येशू किन जन्मिनुभयो ?’ र ‘वास्तविक क्रिसमस कसरी मनाउने ?’ भन्ने बिषयमा प्रवचन दिनुभएको थियो । उहाँले क्रिसमस केवल एउटा पर्व मात्र नभई, येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको कुरामा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिहरु पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । पास्टर मिन बहादुर तामाङले सहजिकरण गरेको कार्यक्रममा करिब १५० जना पास्टर तथा सेवकहरूको सहभागिता रहेको सौल प्रजाले जानकारी दिनुभयो । सहभागीहरूले कार्यक्रम आत्मिक रूपमा अत्यन्तै आशीषपूर्ण र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।