मनहरी पास्टर एसोसिएसनद्वारा विशेष आत्मिक कार्यक्रम सम्पन्न
२९ मङ्सिर, हेटौँडा । इसाई धर्मावलम्बिहरुको महान पर्व क्रिसमसको अवसर पारेर मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा एक दिने विशेष आत्मिक कार्यक्रम सम्पन्न भएको छ । मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक एवं पास्टर कुमार सिंह प्रजा प्रमुख वक्ता रहनुभएको थियो ।
उहाँले ‘यो पृथवीमा प्रभु येशू किन जन्मिनुभयो ?’ र ‘वास्तविक क्रिसमस कसरी मनाउने ?’ भन्ने बिषयमा प्रवचन दिनुभएको थियो । उहाँले क्रिसमस केवल एउटा पर्व मात्र नभई, येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको कुरामा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिहरु पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । पास्टर मिन बहादुर तामाङले सहजिक...














