शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

१२ पुस, हेटौँडा । चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्र्यालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउन नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए । स्वच्छ हावा र शुद्ध पानीको लागि वन संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘यो वन तँपाईहरुको आफ्नो हो । तँपाईहरुले रक्षा गर्नुभयो भने जोगिन्छ । तँपाईहरुले लापरवाही गरिदिनुभयो भने वन सकिन्छ । त्यसैले हामी सबै मिलेर यो वन जोगाउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउनका लागि महिलाको सहभागिताले वन संरक्षणमा अझै सहज बनाएको बताए ।

यता, चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत खगेन्द्रमली रेञ्ज पोष्टका रेञ्जर योगेश ढकालले वन क्षेत्रको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण तथा निकुञ्ज सुरक्षाका विषयमा कार्ययोजनामा टेकेर सहयोग गरिरहेको बताए । उनले निकुञ्जले सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक प्राविधिक सहयोगहरु उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि राप्ती नगरपालिका–३ का वडाअध्यक्ष शिवकान्त वलीले मध्यवर्ती सामुदायिक वन क्षेत्रका नागरिकहरुले वन्यजन्तुबाट समस्या खेप्न परिरहेको गुनासो गरे । निकुञ्जसँग जोडिएको मध्यवर्ती उपभोक्ता समिति गठन हुन नसकेको बताए । जंगली जनावर हात्ती, बँदेल लगाएतले बेला÷बेलामा दुख दिने गरेको अध्यक्ष ओलीले बताए । निकुञ्जले राप्ती नदीमा मृतकको दाहसंस्कार गर्न समेत बन्देज गराउनुले समेत स्थानीहरुले सकस खेप्न परेको उनको भनाइ थियो ।

शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव भरत अर्यालले गत आर्थिक वर्ष २०८१÷८२ को कार्यप्रगति र आगामी योजना सभामा पेश गर्दै यस अवधिमा २५ सय वटा बिरुवाहरुको वृक्षारोपण गरिएको बताए । वन समूहको भवन परिसरमा धारा निर्माण, सिमेन्ट कुर्सी जडान, भवनको भित्तामा चित्र लेखन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्राङ्गारिक मल उत्पादन गर्न बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई प्रस्ताव पेश गरिएको बताइएको छ ।

कुल ५७।२० हेक्टर क्षेत्रफलमा फैलिएको वन उपभोक्ता समूहमा ४ वटा टोल विकास संस्थाहरु आवद्ध छन् । जितपुर टोल विकास संस्था, प्रतापपुर टोल विकास संस्था, पर्सौनी टोल विकास संस्था र पुरानो पर्सौनी टोल विकास संस्थामा गरी कुल ३३२ उपभोक्ता घरधुरी रहेको वन समूहका सचिव भरत अर्यालले जानकारी दिए । उनका अनुसार उपभोक्ताको संख्या १ हजार ८२५ छन् ।

कार्यक्रममा १० लाख रुपैँयाको बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । वन समूहका कार्यवाहक अध्यक्ष चन्द्र कुमार राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका–२ का अध्यक्ष श्याम सुन्दर उप्रेती, सामाजिक अभियान्ता तथा पशु उद्धारकर्ता यामलाल भण्डारी, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कपिल बानियाँ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...