शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न
१२ पुस, हेटौँडा । चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्र्यालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउन नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए । स्वच्छ हावा र शुद्ध पानीको लागि वन संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘यो वन तँपाईहरुको आफ्नो हो । तँपाईहरुले रक्षा गर्नुभयो भने जोगिन्छ । तँपाईहरुले लापरवाही गरिदिनुभयो भने वन सकिन्छ । त्यसैले हामी सबै मिलेर यो वन जोगाउन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउनका लागि महिलाको सहभागिताले वन संरक्षणमा अझै सहज बनाएको बताए ।
यता, चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत खगेन्द्रमली रेञ्ज पोष्टका रेञ्जर योगेश ढकालले वन क्षेत्रको संरक्षण, प...














