१६ फागुन, हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अवधिभर सवारीसाधन सञ्चालन र मदिराजन्य पदार्थको बिक्री(वितरणमा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जारी गरेको सूचनामा फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध ढुवानी, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ ।
उक्त समयमा अनुमति प्राप्त सवारीसाधन तथा कूटनीतिक नियोगका सवारी भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै फागुन १९ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक रूपमा सेवन गर्न नपाइने सूचनामा उल्लेख छ ।
प्रशासनले निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सदभाव कायम राख्न होटेल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको जनाएको छ । सूचना उल्लंघन गरी कानुन तथा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।