मतदान अवधिभर सवारी सञ्चालन र मदिरा बिक्रीमा मकवानपुर प्रशासनको कडाइ
१६ फागुन, हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अवधिभर सवारीसाधन सञ्चालन र मदिराजन्य पदार्थको बिक्री(वितरणमा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जारी गरेको सूचनामा फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध ढुवानी, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ ।
उक्त समयमा अनुमति प्राप्त सवारीसाधन तथा कूटनीतिक नियोगका सवारी भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै फागुन १९ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक रूपमा सेवन गर्न नपाइने सूचनामा उल्लेख छ ।
प्रशासनले न...















