बोडेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको दुई लाख सहयोग

३ वैशाख, हेटौंडा । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले नगद दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकमसहित श्रेष्ठलाई सम्मान गरेको हो । मंगलबार आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनलाई नगद दुई लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेका थिए ।

वैशाख २ गते आयोजना भएको बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्षसहित श्रेष्ठले चौथोपटक जिब्रो छेडेका हुन्। प्रदेश सरकारले उक्त जात्राको परम्परा जोगाउन र यसमा सहभागी हुने व्यक्तिलाई प्रोत्साहन गर्न गत वर्षदेखि सहयोग उपलब्ध गराउदै आएको छ।

मन्त्री श्रेष्ठका अनुसार जिब्रो छेड्ने परम्परा जोगाइराख्ने व्यक्तिहरूको संख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । ‘यो जात्रा लोप हुन नदिन र ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप रकम प्रदान गरिएको हो,’ उनले भने ।

प्रदेश सरकारले यस्तो सहयोग दिने कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो । गत वर्षको इन्द्रजात्राको अवसरमा आयोजित जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई पनि यसै कार्यक्रमअन्तर्गत सम्मान गरिएको थियो ।

मध्यपुर थिमीमा दुई स्थानमा जिब्रो छेड्ने परम्परा रहिआएको छ । बोडेमा प्रत्येक वर्ष वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीका दिन यो परम्परा निर्वाह गरिन्छ ।

स्थानीय विश्वासअनुसार जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि देशमा रोगव्याधि नलाग्ने, बालीनाली राम्रो हुने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने मान्यता छ ।

प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बोडेमा रहेको जिब्रो छेड्ने स्थान नजिकै पुगेर श्रेष्ठलाई सम्मान गरेको थियो । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल, मध्यपुर थिमी नगरपालिका–८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

जिब्रो छेड्ने जात्रा मध्यपुर थिमीको पुरानो सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । यसलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय समुदायसँगै प्रदेश सरकारले पनि पहल थालेपछि जात्राको निरन्तरतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...