१९ चैत, हेटौँडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो ।
मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ।
यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १५२ रुपैयाँ पुर्याएको थियो ।
त्यसपछि १२ चैतमा फेरि १५ रुपैयाँ बढाउँदै पेट्रोलको मूल्य १८७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । मूल्यवृद्धिसँगै उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।