अनुशासनमा रहेर मिहिनेत गरे सफल भइन्छः क्रिकेटर सन्दीप लामिछाने

२ वैशाख, हेटौंडा । क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रेरणा दिन राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने हेटौँडा आइपुगेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोइस्थित हेटौँडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षण केन्द्रमा रहेका खेलाडीहरूसँग अनुभव साटासाट गर्न उनी बुधबार हेटौँडा पुगेका हुन् ।

उनले एकेडेमीमा करिब दुई घण्टा बिताउँदै प्रशिक्षण लिइरहेका खेलाडीहरूसँग अन्तरक्रिया गरेका थिए । नेपाली क्रिकेटका चर्चित खेलाडी लामिछानेले अन्तर्राष्ट्रियस्तरका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनले युवा खेलाडीलाई निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ खेल्दै अगाडि बढ्न सुझाव दिएका थिए ।

‘क्रिकेटमा भविष्य बनाउन मिहिनेत अत्यन्त आवश्यक छ । अनुशासनमा रहेर दृढ विश्वासका साथ अघि बढे सफल हुन सकिन्छ,’ उनले भने ।

एकेडेमीका सञ्चालक कोबिद बानियाँका अनुसार लामिछानेको भ्रमणले नयाँ खेलाडीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ । ‘जुनियर खेलाडीलाई हौसला दिन र उनीहरूको क्षमता विकासमा सहयोग पुर्‍याउन यस्तो भ्रमण निकै महत्वपूर्ण हुन्छ,’ उनले भने ।

उनका अनुसार आगामी दिनमा पनि अन्य राष्ट्रिय खेलाडीलाई एकेडेमीमा आमन्त्रण गरी युवा खेलाडीलाई प्रशिक्षण र अनुभव आदान–प्रदान गराउने योजना रहेको छ ।

‘हाल एकेडेमीमा ५० भन्दा बढी खेलाडीले नियमित प्रशिक्षण लिइरहेका छन्,’ उनले भने, ‘धेरैभन्दा धेरै जुनियर खेलाडीलाई प्रशिक्षणमार्फत राष्ट्रिय टोलीसम्म पुर्‍याउने हाम्रो लक्ष्य छ ।’ भ्रमणका क्रममा एकेडेमीले लामिछानेलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...