Day: २०८२, १९ आश्विन आईतवार २०:०९

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, मनसुन अझै केही दिन रहने

वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, मनसुन अझै केही दिन रहने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१९ असोज, हेटौँडा । ठुलो वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएपछि देशभरको मौसममा सुधार आउने संकेत देखिएको छ। तर मनसुन भने अझै केही दिन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा असोज २० गते अपराह्नसम्म देशका नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम यथावत रहने उल्लेख गरेको छ। विभागका अनुसार शुक्रबारदेखि सक्रिय रहेको न्यूनचापीय प्रणाली भारततर्फ सरेसँगै ठूलो वर्षा घटेको हो। सामान्यतया मनसुन नेपालबाट असोज १६ तिर बहिर्गमन हुने गर्छ, तर यो वर्ष त्यसमा केही ढिलाइ हुने विभागले जनाएको छ। कोशी र मधेश प्रदेशका केही जिल्लामा आइतबार पनि वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा मौसम क्रमशः खुल्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि कतिपय स्थानमा मध्यम मात्राको वर्षा भए पनि समग्रमा मौसममा सुधार आउने छ। विभागले नदी...
शनिबारयता विपत्तिमा ५२ जनाको मृत्यु

शनिबारयता विपत्तिमा ५२ जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१९ असोज, हेटौँडा । शनिबारदेखिको लगातारको वर्षा, पहिरो र चट्याङ लगायतका प्राकृतिक विपत्तिबाट देशभर ५२ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार मृत्यु हुनेमध्ये कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । कोशी प्रदेशभित्र सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाले ज्यान गुमाएका छन् । पहिरो, बाढी र घर भत्किँदा धेरै जनाको मृत्यु भएको जनाइएको छ। अन्य प्रभावित जिल्लाहरूमा पनि खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै, मधेश प्रदेशमा तीन र बागमती प्रदेशमा एकजनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङ लागेर तीनजनाको ज्यान गएको हो भने बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोमा परेर एकजनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका अनुसार विभिन्न स्थानमा अझै पनि बेपत्ता नागरिकहरूको खोजी कार्य भइरहेको छ । विपद् जोखिम न्यूनीकरण प्राधिकरण र स्थानीय प्रशासनहर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज