वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, मनसुन अझै केही दिन रहने

१९ असोज, हेटौँडा । ठुलो वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएपछि देशभरको मौसममा सुधार आउने संकेत देखिएको छ। तर मनसुन भने अझै केही दिन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा असोज २० गते अपराह्नसम्म देशका नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम यथावत रहने उल्लेख गरेको छ। विभागका अनुसार शुक्रबारदेखि सक्रिय रहेको न्यूनचापीय प्रणाली भारततर्फ सरेसँगै ठूलो वर्षा घटेको हो।

सामान्यतया मनसुन नेपालबाट असोज १६ तिर बहिर्गमन हुने गर्छ, तर यो वर्ष त्यसमा केही ढिलाइ हुने विभागले जनाएको छ। कोशी र मधेश प्रदेशका केही जिल्लामा आइतबार पनि वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा मौसम क्रमशः खुल्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि कतिपय स्थानमा मध्यम मात्राको वर्षा भए पनि समग्रमा मौसममा सुधार आउने छ। विभागले नदी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई अझै पनि सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...