१९ असोज, हेटौँडा । ठुलो वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएपछि देशभरको मौसममा सुधार आउने संकेत देखिएको छ। तर मनसुन भने अझै केही दिन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा असोज २० गते अपराह्नसम्म देशका नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम यथावत रहने उल्लेख गरेको छ। विभागका अनुसार शुक्रबारदेखि सक्रिय रहेको न्यूनचापीय प्रणाली भारततर्फ सरेसँगै ठूलो वर्षा घटेको हो।
सामान्यतया मनसुन नेपालबाट असोज १६ तिर बहिर्गमन हुने गर्छ, तर यो वर्ष त्यसमा केही ढिलाइ हुने विभागले जनाएको छ। कोशी र मधेश प्रदेशका केही जिल्लामा आइतबार पनि वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा मौसम क्रमशः खुल्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि कतिपय स्थानमा मध्यम मात्राको वर्षा भए पनि समग्रमा मौसममा सुधार आउने छ। विभागले नदी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई अझै पनि सतर्क रहन आग्रह गरेको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।