दशैंको टिकापछि अति भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

१४ असोज, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले दशैंको टिकापछि केही जिल्लामा अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै असोज १७ देखि १९ गतेसम्म देशका विभिन्न भागमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल मनसुनी वायु केही कमजोर भए पनि बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी क्रमशः मध्य भारत सरिरहेको विभागले जनाएको छ । सो प्रणालीको प्रभावसँगै नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने भएकाले दशैं अवधिभर मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरिएको छ ।

असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
असोज १८ (द्वादशी) मा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने र थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने अनुमान छ।
असोज १९ (त्रयोदशी) मा पनि यिनै प्रदेशका धेरै स्थानमा वर्षा भई केही ठाउँमा अति भारी वर्षा समेत हुने सम्भावना रहेको विभागले जनाएको छ।

यस अवधिमा संभावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...