बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

१५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना ओलम्पियन खेलाडीलाई मासिक रुपमा भत्ता दिने भएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन समारोह तथा चौथो ओलम्पियन पुनर्मिलन र सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उक्त घोषणा गरेका हुन् ।

यसअघि गण्डकी प्रदेशले दुई वर्षदेखि ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा सहभागी अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री र ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो । त्यस्तै, १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त उनको परिवारमार्फत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लामा, युवा तथा खेलकुदमन्त्री महर्जन, प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट लगायतको सम्मानित ओलम्पियनहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा सहभागी हुने ७ खेलाडीमध्ये ३ जना खेलाडिहरु एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अवसरमा बिहान चितवनमा ‘वाकाथन’ समेत आयोजना गरिएको थियो । सौराहाको हात्तीचोकबाट सुरु भई रिभरसाइडसम्म सम्पन्न उक्त वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन खेलाडी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपाल ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट सुरु गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन पनि सोही दिन सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...