बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

१५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना ओलम्पियन खेलाडीलाई मासिक रुपमा भत्ता दिने भएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन समारोह तथा चौथो ओलम्पियन पुनर्मिलन र सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उक्त घोषणा गरेका हुन् ।

यसअघि गण्डकी प्रदेशले दुई वर्षदेखि ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा सहभागी अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री र ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो । त्यस्तै, १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त उनको परिवारमार्फत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लामा, युवा तथा खेलकुदमन्त्री महर्जन, प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट लगायतको सम्मानित ओलम्पियनहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा सहभागी हुने ७ खेलाडीमध्ये ३ जना खेलाडिहरु एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अवसरमा बिहान चितवनमा ‘वाकाथन’ समेत आयोजना गरिएको थियो । सौराहाको हात्तीचोकबाट सुरु भई रिभरसाइडसम्म सम्पन्न उक्त वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन खेलाडी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपाल ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट सुरु गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन पनि सोही दिन सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...