Day: June 28, 2025

बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना ओलम्पियन खेलाडीलाई मासिक रुपमा भत्ता दिने भएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन समारोह तथा चौथो ओलम्पियन पुनर्मिलन र सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उक्त घोषणा गरेका हुन् । यसअघि गण्डकी प्रदेशले दुई वर्षदेखि ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । कार्यक्रममा सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा सहभागी अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती ख...
मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१४ असार हेटौंडा । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा मकवानपुरका ४६.८६ प्रतिशात विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रवार साझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तीर्ण भएका छन् । यसवर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिकसत्रमा मकवानपुरका पाँच हजार  सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा ३६.४७ प्रतिशात विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात दुई हजार ९८ जना उत्तीर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना पर...