मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

१४ असार हेटौंडा । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा मकवानपुरका ४६.८६ प्रतिशात विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रवार साझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तीर्ण भएका छन् ।
यसवर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिकसत्रमा मकवानपुरका पाँच हजार  सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा ३६.४७ प्रतिशात विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात दुई हजार ९८ जना उत्तीर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये सामान्यतर्फ दुई ६६२ र प्राविधिकतर्फ ९७ जना विद्यार्थी सफल भएका हुन् ।
यस्तै इकाईका अनुसार जिल्लाको तीन हजार १२८ जना विद्यार्थीको एसईई इन्कम्प्लिट भएको छ । जसमा सामान्यतर्फ दुई हजार ९९६ र प्राविधिकतर्फ १३२ जना छन्  । मकवानपुरबाट ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ५ रहेको छ ।
यसैगरी यस शैक्षिकसत्रमा मकवानपुरबाट ३६७ जनाले ३.६ देखि ४.० जिपिए, ५८८ जनाले ३.२ देखि ३.६ जिपिए र ९६१ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । यस्तै २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५३९ रहेको छ भने २.० देखि २.४ जिपिए ल्याउनेको संख्या २९९ छ ।
यसवर्ष पनि मकवानपुरको नतिजा राष्ट्रिय नतिजा भन्दा भने कमजोर देखिएको छ । राष्ट्रिय नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेको पाइए पनि मकवानपुरका जम्मा ४६.८६ प्रतिशात विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
यसअघि गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुँदा मकवानपुरका जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...