मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

१४ असार हेटौंडा । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा मकवानपुरका ४६.८६ प्रतिशात विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रवार साझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तीर्ण भएका छन् ।
यसवर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिकसत्रमा मकवानपुरका पाँच हजार  सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा ३६.४७ प्रतिशात विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात दुई हजार ९८ जना उत्तीर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये सामान्यतर्फ दुई ६६२ र प्राविधिकतर्फ ९७ जना विद्यार्थी सफल भएका हुन् ।
यस्तै इकाईका अनुसार जिल्लाको तीन हजार १२८ जना विद्यार्थीको एसईई इन्कम्प्लिट भएको छ । जसमा सामान्यतर्फ दुई हजार ९९६ र प्राविधिकतर्फ १३२ जना छन्  । मकवानपुरबाट ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ५ रहेको छ ।
यसैगरी यस शैक्षिकसत्रमा मकवानपुरबाट ३६७ जनाले ३.६ देखि ४.० जिपिए, ५८८ जनाले ३.२ देखि ३.६ जिपिए र ९६१ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । यस्तै २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५३९ रहेको छ भने २.० देखि २.४ जिपिए ल्याउनेको संख्या २९९ छ ।
यसवर्ष पनि मकवानपुरको नतिजा राष्ट्रिय नतिजा भन्दा भने कमजोर देखिएको छ । राष्ट्रिय नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेको पाइए पनि मकवानपुरका जम्मा ४६.८६ प्रतिशात विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
यसअघि गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुँदा मकवानपुरका जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...