खेलकुद

बागमती गोल्डकप: आज एपीएफ र संकटा भिड्दै

बागमती गोल्डकप: आज एपीएफ र संकटा भिड्दै

खेलकुद, बागमती, समाचार
७ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हुन् । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोर्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प...
हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार बागमती गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार बागमती गोल्डकपको सेमिफाइनलमा

खेलकुद, बागमती, समाचार
६ फागुन, हेटौँडा । ७औँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टारको जितका लागि सुशील राई, नवीन लामा, विदेशी खेलाडीहरू फोफना र एलेक्सले गोल गरे। चारै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो। पहिलो हाफमा आफूलाई सम्हाल्न नसक्दा हिमालयनले चार गोल मात्र खाएन प्रतियोगिताबाटै बाहिरिएको छ। थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधि जितेको थियो। यस्तै, तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो। मंगलबारको ख...
बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

Breaking News 2, खेलकुद, बागमती, समाचार
६ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोलि हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथ...
बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

Breaking News 2, खेलकुद, बागमती, समाचार
५ फागुन, हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उन...
बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

अर्थ, खेलकुद, बागमती, राक्सिराङ्ग, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयोग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गर्नुभएको छ । बागमती(४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त ...
७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

Breaking News 2, खेलकुद, बागमती, समाचार
४ फागुन, हेटौँडा । ७ औं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टोलि सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गर्दै टोलिलाई जिताए । पराजित बिएफसीका अमन लामाको प्रहार मात्रै गोल गरे । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाए भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड ...
बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

Breaking News 2, खेलकुद, बागमती
३ फागुन, हेटौँडा । आयोजक बागमती खेलकुद विकास समितिलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्बले शनिवारबाट सुरु भएको ७ औं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे स्थित सहिद स्मृति रंगशालामा सुरु भएको प्रतियोगितामा आयोजकलाई १–० ले स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको हो । बागमतीको जितको लागि कप्तान विमल घिसिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित भएको खेलमा घिसिङले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका हुन् । उनले विदेशी खेलाडी सदिकको क्रस पासलाई सदुपायोग गर्दै आयोजकको गोल पोष्टको जाली चुमाउन सफल भएका थिए । घिसिङले डि–बक्स नजिकैबाट गरेको पावरफुल प्रहार बागमती खेलकुद विकास समितिका गोलरक्षक बिशाल सुनारले रोक्न सकेनन् । गोलकर्ता घिसिङ नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैंयासहि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज