कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, २ दिन चल्ने
७ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेका छ । समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको जानकारी दिए । विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको अध्यक्ष मोक्तानले...























