कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, २ दिन चल्ने

७ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेका छ । समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको जानकारी दिए । विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको अध्यक्ष मोक्तानले बताए ।

उनले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताए । उनले यसैवर्षदेखी पहिलो पटक कैलाशको कालिका माविलाई एसईइ परीक्षाको केन्द्र तोकेको जानकारी समेत दिए । कैलाशका विद्यार्थीले हेटौँडा, थाहा, मनहरी लगाएतका क्षेत्रमा गएर परीक्षा दिनुपर्ने वाध्यता हटेको बताउँदै अब कालिका माविमा विद्यार्थीले सहज वातावरणमा परीक्षा दिन सकिने बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहजता हुने बताए । उनले अनुशासित भएर खेलाडीलाई आग्रह गर्दै जिल्ला, प्रदेश र केन्द्र सम्म पुगी पदक जित्न खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स गरी तीन विद्याका खेल खेलाइने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लङजम्प, सर्टफुट लगायत अन्य खेल रहेका छन् । यस्तै छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सल आर्ट खेलाइने समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत समीर जोशीले जानकारी दिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज