कैलाशमा राष्ट्रपति रनिङ शिल्ड सुरु, २ दिन चल्ने

७ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेका छ । समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको जानकारी दिए । विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको अध्यक्ष मोक्तानले बताए ।

उनले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताए । उनले यसैवर्षदेखी पहिलो पटक कैलाशको कालिका माविलाई एसईइ परीक्षाको केन्द्र तोकेको जानकारी समेत दिए । कैलाशका विद्यार्थीले हेटौँडा, थाहा, मनहरी लगाएतका क्षेत्रमा गएर परीक्षा दिनुपर्ने वाध्यता हटेको बताउँदै अब कालिका माविमा विद्यार्थीले सहज वातावरणमा परीक्षा दिन सकिने बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहजता हुने बताए । उनले अनुशासित भएर खेलाडीलाई आग्रह गर्दै जिल्ला, प्रदेश र केन्द्र सम्म पुगी पदक जित्न खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स गरी तीन विद्याका खेल खेलाइने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लङजम्प, सर्टफुट लगायत अन्य खेल रहेका छन् । यस्तै छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सल आर्ट खेलाइने समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत समीर जोशीले जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...