
अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर
७ फागुन, हेटौँडा । सुनुवार सेवा समाज मकवानपुरको पहिलो जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
बुधबार हेटौँडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवारलाई चयन गरेको छ ।
त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधिको रुप्मा चयन गरेको छ । निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए ।
साथै, सुनुवार सेवा समाज मकवानपुरका नवनिर्वाचित जिल्ला कार्यसमिति र प्रदेश तथा संघीय प्...