७ फागुन, हेटौंडा । आज बुधबारबाट हेटौंडामा पहिलो संस्करणको अनुपम स्मृति १६ वर्ष मुनिको फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने छन् ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा उपमहानगरका १९ मध्ये १० वडाले सहभागिता जनाउदैन् ।
हेटौंडाको ६, ७, ८, ९, ११, १२, १३, १५, १८ र १९ नम्बर वडाले मात्रै खेलमा सहभागिता जनाउने भएका हुन् । आयोजकले प्रतियोगिताको अघिल्लो दिन मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको फाइनल खेल १० गते हुनेछ ।
हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्नेछन ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।