अर्जुन सिकारीको नेतृत्वमा सुनुवार सेवा समाज मकवानपुर

७ फागुन, हेटौँडा । सुनुवार सेवा समाज मकवानपुरको पहिलो जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

बुधबार हेटौँडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवारलाई चयन गरेको छ ।

त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधिको रुप्मा चयन गरेको छ । निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए ।

साथै, सुनुवार सेवा समाज मकवानपुरका नवनिर्वाचित जिल्ला कार्यसमिति र प्रदेश तथा संघीय प्रतिनिधि, आजिवन सदस्यहरुलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवार, जिल्ला निर्वाचन समितिका संयोजक गोपालबहादुर सुनुवार लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाज तदर्थ समिति मकवानपुरका अध्यक्ष अर्जुनबहादुर सिकारी सुनुवारको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघीय उपाध्यक्ष तथ विदेश विभाग प्रमुख शिव सुनुवार, संघीय महासचिव एवं अनुशासन विभाग प्रमुख उत्तमकुमार सुनुवार, संघीय सचिव रमेश कुमार सुनुवार, सुनुवार सेवा समाज मकवानपुरका सल्लाहकार संयोजक ज्ञानचन्द्र सिकारी सुनुवार, सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...