प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमणिकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । विधेयक प्रमाणिकरण गरेसँगै बागमती प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताको लागि बाटो खुलेको छ ।

प्रदेश प्रमुख कार्यालय हेटौंडाकी शाखा अधिकृत निशा न्यौपानेका अनुसार उक्त विधेयक प्रदेशसभाको गत माघ २६ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रमाणिकरण गरेको सो विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसंगै कार्यान्वयनको चरणमा जानेछ ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बाटो खुल्यो
प्रदेशसभाबाट पारित भएको उक्त संशोधन विधेयक प्रमाणिकारण तथा राजपत्रमा प्रकाशित नहुँदा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी समेत प्रभावित भइरहेको थियो । प्रदेश खेलकुद विकास परिषद्हरुको बैठक राख्न, बजेट निर्माण तथा आकार बढाउन, १० औँ राष्ट्रिय खेलकुदको लागि बोर्ड बैठक राख्नलगायत खेलाडी र खेलकुद क्षेत्रको समग्र विकास तथा विस्तारको लागि आवश्यक काम गर्न समस्या हुँदै आएको हो ।

ऐन नहुँदा आगामी चैत २३ गतेदेखि हुने भनिएको १० औं राष्ट्रिय खेलकुद छनौट बन्द प्रशिक्षण तथा सहभागिता सम्बन्धी कार्यविधि २०८१ निर्माणमा समस्या रहेको छ । ऐन कार्यान्वयन पश्चात परिषदको पूर्ण बैठक राखेर दशौं राष्ट्रिय खेदकुदको तयारी लगायतका विषयमा छलफल गरी निर्णय गर्नुपर्ने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बताए । ऐन नहुँदा परिषदको बैठक बस्न नै समस्या भइरहेको उनको भनाई छ ।

ऐन नहुँदाको समस्याका बिच पनि मन्त्रालय र परिषदले आवश्यक तयारी भने गरी रहेको उनले बताए । उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अर्थ मन्त्रालयसंगको सहमतिमा हालसम्म करिव ९ करोड रुपैयाँ व्यवस्थापन भएको र अपुग रकम रकम निकासाको लागि तयारी भइरहेको छ ।

खेलकुद विकासका लागि सहयोग तथा अनुदान कार्यविधि २०८१, जिल्ला खेलकुद विकास समितिको कार्यालयमार्फत् विविध खेलकुद क्रियाकलाप सञ्चालन अनुदान कार्यविधि २०८१ र स्वयम्सेवक प्रशिक्षक परिचालन कार्यविधि २०८१ निर्माणमा समेत समस्या हुँदै आएको थियो ।

अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि नगदसहित सम्मान गर्नका लागि खेलाडी सम्मान कार्यक्रम कार्यविधि पनि निर्माणमा पनि उक्त ऐन महत्वपूर्ण रहने प्रदेशका मन्त्री महर्जनले बताए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज