७ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मकवानपुर जिल्लाकै पुरानो महाविर क्लबले नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा इकाई समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार कांग्रेस ५ नम्बर वडा इकाईले सञ्चालन गरेको समुदायमा प्राथमिक स्वास्थ्य परिक्षण शिविर अभियानको अवसरमा महाविर क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । क्लबले सुगर किट ५०० थान, उच्च रक्तचाप परिक्षण गर्ने डिजिटल मेसिन २ थान लगायत स्वास्थ्य उपचारमा आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष अजय मानन्धरले जानकारी दिए ।
महाविर क्बले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सविन नेपालीले जानकारी दिए । हेटौँडा ५ स्थित नविन टोल पिप्लेमा आयोजना भएको प्राथमिक स्वास्थ्य परिक्षण शिविरमा १६५ जनाले स्वास्थ्य परिक्षण गरेको नेपाली कांग्रेस ५ नम्बर वडा समितिका सभापति यमबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस ५ नम्बर वडा इकाई समितिले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै केही दिनभित्रै एक हप्ता लामो स्वास्थ्य परिक्षण शिविरको आयोजना गर्ने तयारी गरेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।