बागमती गोल्डकपः संकटालाई रोक्दै एपीएफ सेमिफाइनलमा

७ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई रोक्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । जारी प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले संकटालाई १–० गोल अन्तरले हरायो ।

पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा एपिएफले जितका लागि दोस्रो हाफको ८३ औं मिनेटसम्म कुर्नुप¥यो । एपिएफको जितका लागि सुजन कुमार पुलामीले गोल गरे । उनी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा सब्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका थिए ।

बुधबारको खेलको म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । जारी प्रतियोगितामा एपिएफले चितवनको हानामीलाई हराउँदै क्वाटरफाइनलमा पुग्दा संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हुन् । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता सिमति भएको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपाधि उचाल्नबाट वन्चित भएको थियो ।

१२ फागुनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...