बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

३ फागुन, हेटौँडा । आयोजक बागमती खेलकुद विकास समितिलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्बले शनिवारबाट सुरु भएको ७ औं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे स्थित सहिद स्मृति रंगशालामा सुरु भएको प्रतियोगितामा आयोजकलाई १–० ले स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको हो । बागमतीको जितको लागि कप्तान विमल घिसिङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोल रहित भएको खेलमा घिसिङले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका हुन् । उनले विदेशी खेलाडी सदिकको क्रस पासलाई सदुपायोग गर्दै आयोजकको गोल पोष्टको जाली चुमाउन सफल भएका थिए ।

घिसिङले डि–बक्स नजिकैबाट गरेको पावरफुल प्रहार बागमती खेलकुद विकास समितिका गोलरक्षक बिशाल सुनारले रोक्न सकेनन् । गोलकर्ता घिसिङ नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैंयासहित शिल्ड प्राप्त गरेका छन् ।

‘ए’ डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी फागुन १२ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउँने छन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...