खेलकुद

राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बैशाख, हेटौँडा । बैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्। बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ। यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा ...
राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बेशाख, हेटौँडा । मकवानपुरमा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टोली ९नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ० भिड्ने भएका छन्। हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा संकटालाई हराउँदै पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो। एपिएफले संकटालाई अति प्रतिस्पर्धात्मक खेलमा २–० गोल अन्तरले निराश बनायो। यसअघि मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवनलाई ७–० गोलको पराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। एपिएफ र संकटाबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफको अन्तिम अन्तिममा सम्भव भएको थियो। एपिएफको जितमा रश्मि घिसिङले खेलको ७१औँ र अनिता केसीले ७६औँ मिनेटमा गोल गरे। रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दा अनिताले केसीले पनि बस्...
धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ बैशाख, हेटौँडा । धादिङ जिल्लाको धादिङबेसीमा यहि बैशाख २५ गतेबाट बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जय नेपाल स्पोर्ट्स धादिङको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ धादिङ र अन्तर्राष्ट्रिय धादिङ समाजको सह–आयोजनामा हुन लागेको प्रतियोगिता बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीस्थित कवर्ड हलमा आयोजना आयोजक जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारी ले जानकरी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब १२०० खेलाडीहरूको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिता प्रदेशस्तरमै सबैभन्दा ठूलो सहभागिता भएको तेक्वान्दो प्रतियोगिता हुने अपेक्षा गरेको अध्यक्ष अधिकारीले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई नगद पुरस्कारसहित पदकहरू प्रदान गरिनेछ। आयोजकका अनुसार विजेता टिमलाई रु १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।...
राष्ट्रिय महिला गोल्डकपमा वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल

राष्ट्रिय महिला गोल्डकपमा वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२२ बैशाख, हेटौँडा । हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गर्ने क्रममा विभागीय टोली एपिएफले वीरगन्ज युथ स्पोर्टस् एकेडेमीविरुद्ध जित निकालेको छ। सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा उसले वीरगन्जको गोलपोस्टमा १२ गोल गरेको हो। गत शनिबार बागमती गोल्डकप, १२ वैशाखमा सम्पन्न लुम्बिनी कप महिला फुटबल प्रतियोगिता र त्यसअघि ९ चैत ०८१ मा चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको एपिएफले हेटौँडा गोल्डकपमा पनि प्रभावशाली खेल प्रदर्शन गरेको छ। हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा एपिएफले वीरगन्जलाई १२–० को जित दर्ता गर्‍यो। रश्मीकुमारी घिसिङ प्रेरित एपिएफले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो। यस्तै, वीरगन्जलाई पूर्णतः दबाबमा राखेको एपिएफले दोस्रो हाममा ७ गोल गर्‍यो। ...
संकटा राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

संकटा राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२१ वैशाख, हेटौंडा । संकटा फुटबल क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नवजनजागृति क्लव सिमरा बारालाई हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको हो। शनिबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोलले हरायो। संकटाले नवजनजागृतिविरुद्ध खेलको ९ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि ममता पुन मगरले पहिलो गोलको खाता खोलेकी थिइन्। ममताले संकटाको लागि शनिवारको खेलमा ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै जेनिफर राना मगरले संकटाका लागि थप १ गोल गरिन्। ममताले खेलको ९, २१, ३५, ६७औं मिनेट र अतिरिक्त समयमा गोल गर्दा जेनिफरले १३औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९औं मिनेटमा सान्त्वना गोल फर्काइन्। खेलमा ५ गोल गरेकी संकटाकी ममता प्लेयर अफ द ...
राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१९ वैशाख, हेटौँडा । शुक्रबारबाट हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा चितवनले विजय सुरुवात गरेको छ । आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितसँगै चितवन सेमिफाइनलमा पुगेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ६ स्थित गौरीटार रंगशालको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता बनाएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् । मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् । गोल खाए लगत्तै मकवानपुर १० खेलाडीमा सिमित बनेको थियो । मकवानपुरका खुसाना राईले चितवनकी गोलरक्षक सुजता...

महिला गोल्डकप पुर्व निर्धारित मितिभन्दा एकदिन ढिला सुरु हुने

खेलकुद, ताजा अपडेट, समाचार
१६ वैशाख, हेटौँडा । फुटबल संघ मकवानपुरको आयोजनामा यहि वैशाख १८ गतेबाट हुने मिति तय भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता एकदिनपछिबाट हुने भएको छ । आयोजकले गोल्डकप पूर्वनिर्धारित मिति १८ वैशाखमा नभई एकदिनपछि १९ गतेबाट हुने जानकारी दिएको हो । गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्टले नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताका कारण एकदिन पछि सार्नु परेको बताए । उनले प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पुरा भएको पनि जानकारी दिए । यसअघि छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्षबाट महिला गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगितामा तीन विभागीय टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगित...
शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
११ वैशाख, हेटौँडा । शिलान्यास भएको १७ वर्षपछि गौरीटार फुटबल रंगशालाको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालाको शिलान्यास २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बुधबार रंगशालाको उद्घाटन गरेका छन् । निर्धारित मितिअनुसार २९ पुस ०८१ मा रंगशालाका सबै निर्माण कार्य सकिनुपर्ने थियो । रंगशालाको मैदान, रनिङ ट्र्याक, प्यारापिटका सिट र पर्खाल निर्माणमा २० करोड ४६ लाख ७४ हजार रुपैयाँ खर्च भएको खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । ०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो । फुटबल मैदान बने पनि रंगशालाको भौतिक पूर्वाधारका काम बाँकी थियो । पूर्वाधार निर्माण पूरा नहुँदा रंगशालाको उद्घाटन रोकियो । प्रदेश खेलक...
२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

२० वैशाखमा हेटौँडामा मिस्टर मकवानपुर हुने

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० वैशाख, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा २० वैशाखमा चौथो मिस्टर मकवानपुर–०८२ हुने भएको छ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुरसमेत आयोजना गरिने अध्यक्ष भेटवालले बताए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमाघरमा हुनेछ । मिस्टर मकवानपुरको विजेताले एक लाख ३५ हजार ५५५ रुपैयाँ र दोस्रो हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुनेले ४१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगी मकवानपुरको स्थायी बासिन्दा ह...
राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
९ वैशाख, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको धारणा राखेका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा रहेकाहरुले खेलकुदको महत्व बुझ्नै नसकेको उनको भनाई थियो । प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्व नदिएको उनले गुनासो गरे । युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको दावी गरे । हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रको रहेको उनले बताए । बजेट दिने ठाउँमा भएकाहरुलाई खेलकुद बुझाउनै गारो भएको उनको भनाई थियो । यद्यपी बागमती प्रदेशका मुख्यमन्त्री भने खेलक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज