खेलकुद

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उचो बनाएको भन्दै ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो । समारोहमा उत्कृष्ट वर्ष खेलाडीका रूपमा महिलातर्फ करातेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको थियो । कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलोपटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको अवधिमा देशलाई ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत...
हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ। आइतबार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरुको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए। उनले प्रदेशबाट प्रतिभावान खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ। मन्...
पुलिसलाई निराश पार्दै एफिएफले उचाल्यो हेटौँडा गोल्डकपको उपाधि

पुलिसलाई निराश पार्दै एफिएफले उचाल्यो हेटौँडा गोल्डकपको उपाधि

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२५ बैशाख, हेटौँडा । २०७९ यता घरेलु फुटबलमा अपराजित एपिएफले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिएको छ । चारमहिना भित्र छैटौँपटक उपाधि जित्ने क्रममा उसले चिरपरिचित विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई हेटौँडामा पनि निराश बनाएको हो । एपिएफले हेटौँडामा पहिलोपटक आयोजना भएको महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुलिसलाई टाईब्रेकरमा पराजित गरेको छ । १९ बैशाखबाट सुरु भएको प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनलमा एफिएले पुलिसलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले हराएको हो । एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरे । रश्मि कुमारी घिसिङको प्रहार भने पुलिसकी गोलरक्षक उषा नाथले बचाउ गरिन् । यस्तै पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गर्न सकिन् । पुलिसकी कप्तान निरु थापाको प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगरले बचाउ गर्दा रेविका पाण्डेको प्रहार गो...
राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बैशाख, हेटौँडा । बैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्। बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ। यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा ...
राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२४ बेशाख, हेटौँडा । मकवानपुरमा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टोली ९नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ० भिड्ने भएका छन्। हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा संकटालाई हराउँदै पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो। एपिएफले संकटालाई अति प्रतिस्पर्धात्मक खेलमा २–० गोल अन्तरले निराश बनायो। यसअघि मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवनलाई ७–० गोलको पराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। एपिएफ र संकटाबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफको अन्तिम अन्तिममा सम्भव भएको थियो। एपिएफको जितमा रश्मि घिसिङले खेलको ७१औँ र अनिता केसीले ७६औँ मिनेटमा गोल गरे। रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दा अनिताले केसीले पनि बस्...
धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ बैशाख, हेटौँडा । धादिङ जिल्लाको धादिङबेसीमा यहि बैशाख २५ गतेबाट बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जय नेपाल स्पोर्ट्स धादिङको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ धादिङ र अन्तर्राष्ट्रिय धादिङ समाजको सह–आयोजनामा हुन लागेको प्रतियोगिता बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीस्थित कवर्ड हलमा आयोजना आयोजक जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारी ले जानकरी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब १२०० खेलाडीहरूको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिता प्रदेशस्तरमै सबैभन्दा ठूलो सहभागिता भएको तेक्वान्दो प्रतियोगिता हुने अपेक्षा गरेको अध्यक्ष अधिकारीले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई नगद पुरस्कारसहित पदकहरू प्रदान गरिनेछ। आयोजकका अनुसार विजेता टिमलाई रु १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।...
राष्ट्रिय महिला गोल्डकपमा वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल

राष्ट्रिय महिला गोल्डकपमा वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२२ बैशाख, हेटौँडा । हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गर्ने क्रममा विभागीय टोली एपिएफले वीरगन्ज युथ स्पोर्टस् एकेडेमीविरुद्ध जित निकालेको छ। सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा उसले वीरगन्जको गोलपोस्टमा १२ गोल गरेको हो। गत शनिबार बागमती गोल्डकप, १२ वैशाखमा सम्पन्न लुम्बिनी कप महिला फुटबल प्रतियोगिता र त्यसअघि ९ चैत ०८१ मा चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको एपिएफले हेटौँडा गोल्डकपमा पनि प्रभावशाली खेल प्रदर्शन गरेको छ। हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा एपिएफले वीरगन्जलाई १२–० को जित दर्ता गर्‍यो। रश्मीकुमारी घिसिङ प्रेरित एपिएफले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो। यस्तै, वीरगन्जलाई पूर्णतः दबाबमा राखेको एपिएफले दोस्रो हाममा ७ गोल गर्‍यो। ...
संकटा राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

संकटा राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२१ वैशाख, हेटौंडा । संकटा फुटबल क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नवजनजागृति क्लव सिमरा बारालाई हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको हो। शनिबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोलले हरायो। संकटाले नवजनजागृतिविरुद्ध खेलको ९ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि ममता पुन मगरले पहिलो गोलको खाता खोलेकी थिइन्। ममताले संकटाको लागि शनिवारको खेलमा ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै जेनिफर राना मगरले संकटाका लागि थप १ गोल गरिन्। ममताले खेलको ९, २१, ३५, ६७औं मिनेट र अतिरिक्त समयमा गोल गर्दा जेनिफरले १३औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९औं मिनेटमा सान्त्वना गोल फर्काइन्। खेलमा ५ गोल गरेकी संकटाकी ममता प्लेयर अफ द ...
राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१९ वैशाख, हेटौँडा । शुक्रबारबाट हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा चितवनले विजय सुरुवात गरेको छ । आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितसँगै चितवन सेमिफाइनलमा पुगेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ६ स्थित गौरीटार रंगशालको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता बनाएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् । मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् । गोल खाए लगत्तै मकवानपुर १० खेलाडीमा सिमित बनेको थियो । मकवानपुरका खुसाना राईले चितवनकी गोलरक्षक सुजता...

महिला गोल्डकप पुर्व निर्धारित मितिभन्दा एकदिन ढिला सुरु हुने

खेलकुद, ताजा अपडेट, समाचार
१६ वैशाख, हेटौँडा । फुटबल संघ मकवानपुरको आयोजनामा यहि वैशाख १८ गतेबाट हुने मिति तय भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता एकदिनपछिबाट हुने भएको छ । आयोजकले गोल्डकप पूर्वनिर्धारित मिति १८ वैशाखमा नभई एकदिनपछि १९ गतेबाट हुने जानकारी दिएको हो । गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्टले नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताका कारण एकदिन पछि सार्नु परेको बताए । उनले प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पुरा भएको पनि जानकारी दिए । यसअघि छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्षबाट महिला गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगितामा तीन विभागीय टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगित...