राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

२४ बैशाख, हेटौँडा । बैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्।

बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ।

यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए। उनले एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको बताउँदै एपिएफ बलियो भए पनि यसपटक आफूहरुले जित्ने गरी खेल्ने बताए। यसपटक सबै खेलाडी शारीरिक रुपमा फिट रहेको उनको भनाइ छ। यस्तै पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरी आफूहरु मैदान उत्रने बताइन्। उनले आफूहरु उपाधि उचाल्न तयार रहेको बताइन्।

प्रतियोगितामा पुलिसले रौतहटलाई ४–२ र चितवनलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। यस्तै एपिएफले वीरगंजलाई १२–० र संकटालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जारी सिजनमा एपिएफ र पुलिसबिच ५ पटक फाइनलमा भेट भएको छ। जसमा एपिएफले पाँचैपटक पुलिसलाई निराश बनाउँदै उपाधि उचालेको छ। केही दिनअघि मात्रै नुवाकोटमा भएको बागमती गोल्डकप, लिग गेम, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको गोल्डकप प्रतियोगिताहरुमा दुई विभागीय टोलीबिच फाइनल भिडन्त भएका थिए। ती सबै भिडन्तमा एपिएफले पुलिसलाई निराश बनाएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...