राष्ट्रिय महिला गोल्डकपः उपाधि जित्ने दुवै विभागीय टोलीको दाबी

२४ बैशाख, हेटौँडा । बैशाख १९ शुक्रबारबाट हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ। फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी आफूहरुले जित्ने दावी गरेका छन्।

बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरुले उपाधि हात पार्ने दावी गरेका हुन्। पत्रकारहरुसँग कुरा गर्दै एपिएफका प्रशिक्षक जिवेश पाण्डेले उपाधी जित्ने बताए। उनले पुलिस पनि राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने दावी गरे। एपिएफकी कप्तान अनिता बस्नेतले भने निरन्तर खेल खेलिरहेकाले आफूहरु केहि थकानमा भएको बताइन्। तर उपाधि जित्ने सवालमा भने कम्प्रोमाइज नहुने उनको भनाइ छ।

यता पुलिसका प्रशिक्षक भोला सिलवालले एपिएफ तुलनात्मक रुपमा आफूहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताए। उनले एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको बताउँदै एपिएफ बलियो भए पनि यसपटक आफूहरुले जित्ने गरी खेल्ने बताए। यसपटक सबै खेलाडी शारीरिक रुपमा फिट रहेको उनको भनाइ छ। यस्तै पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरी आफूहरु मैदान उत्रने बताइन्। उनले आफूहरु उपाधि उचाल्न तयार रहेको बताइन्।

प्रतियोगितामा पुलिसले रौतहटलाई ४–२ र चितवनलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। यस्तै एपिएफले वीरगंजलाई १२–० र संकटालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जारी सिजनमा एपिएफ र पुलिसबिच ५ पटक फाइनलमा भेट भएको छ। जसमा एपिएफले पाँचैपटक पुलिसलाई निराश बनाउँदै उपाधि उचालेको छ। केही दिनअघि मात्रै नुवाकोटमा भएको बागमती गोल्डकप, लिग गेम, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको गोल्डकप प्रतियोगिताहरुमा दुई विभागीय टोलीबिच फाइनल भिडन्त भएका थिए। ती सबै भिडन्तमा एपिएफले पुलिसलाई निराश बनाएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...