एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उचो बनाएको भन्दै ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

समारोहमा उत्कृष्ट वर्ष खेलाडीका रूपमा महिलातर्फ करातेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको थियो । कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलोपटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको अवधिमा देशलाई ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक दिलाएकी छिन्।

यस्तै, खोखो खेलका राजन उत्कृष्ट वर्ष खेलाडीका रूपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा थिए । उनले देशका लागि १३औँ दक्षिण एसियाली खेलकुद९साग० मा कांस्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक दिलाएका थिए।

एथलेटिक्सका वैकुण्ठ मानन्धर र जितबहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डमार्फत सम्मान गरिएको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको हो । वैकुण्ठले दक्षिण एसियाली खेलकुद ९साग०को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथनमा स्वर्ण जितेका थिए । साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै छ । यस्तै, सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका वैकुण्ठ एक मात्र खेलाडी पनि हुन्।

जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो पदकबाहक खेलाडी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले खाली खुट्टा दौडिएर देशका लागि खेलेका थिए ।

समारोहमा बागमती सान अवार्डबाट तेक्वान्दोकी संगिना वैद्यलाई सम्मान गरिएको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि संगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् भने दक्षिण एसियाली खेलकुद ९साग० मा आठौँ र नवौँ संस्करणमा स्वर्ण र १० औँमा कांस्य पदक जितेकी थिइन् ।

उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेसा गोवर्द्धनका प्रशिक्षक कविराज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रूपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो।

उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेसा गोवर्द्धन, युवा खेलाडी अवार्डबाट गल्फका सदभाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरमा विनोद महर्जन सम्मानित भएका थिए। उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...