एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उचो बनाएको भन्दै ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

समारोहमा उत्कृष्ट वर्ष खेलाडीका रूपमा महिलातर्फ करातेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको थियो । कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलोपटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको अवधिमा देशलाई ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक दिलाएकी छिन्।

यस्तै, खोखो खेलका राजन उत्कृष्ट वर्ष खेलाडीका रूपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा थिए । उनले देशका लागि १३औँ दक्षिण एसियाली खेलकुद९साग० मा कांस्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक दिलाएका थिए।

एथलेटिक्सका वैकुण्ठ मानन्धर र जितबहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डमार्फत सम्मान गरिएको थियो । उनीहरूलाई नगद १(१ लाखसहित अवार्ड प्रदान गरिएको हो । वैकुण्ठले दक्षिण एसियाली खेलकुद ९साग०को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथनमा स्वर्ण जितेका थिए । साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै छ । यस्तै, सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका वैकुण्ठ एक मात्र खेलाडी पनि हुन्।

जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो पदकबाहक खेलाडी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले खाली खुट्टा दौडिएर देशका लागि खेलेका थिए ।

समारोहमा बागमती सान अवार्डबाट तेक्वान्दोकी संगिना वैद्यलाई सम्मान गरिएको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि संगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् भने दक्षिण एसियाली खेलकुद ९साग० मा आठौँ र नवौँ संस्करणमा स्वर्ण र १० औँमा कांस्य पदक जितेकी थिइन् ।

उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेसा गोवर्द्धनका प्रशिक्षक कविराज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रूपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो।

उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेसा गोवर्द्धन, युवा खेलाडी अवार्डबाट गल्फका सदभाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरमा विनोद महर्जन सम्मानित भएका थिए। उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...