राष्ट्रिय महिला गोल्डकपः दुई विभागीय टोलीबिच उपाधि भिडन्त हुने

२४ बेशाख, हेटौँडा । मकवानपुरमा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टोली ९नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ० भिड्ने भएका छन्।

हेटौँडा–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा संकटालाई हराउँदै पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो। एपिएफले संकटालाई अति प्रतिस्पर्धात्मक खेलमा २–० गोल अन्तरले निराश बनायो। यसअघि मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवनलाई ७–० गोलको पराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

एपिएफ र संकटाबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै गोल दोस्रो हाफको अन्तिम अन्तिममा सम्भव भएको थियो। एपिएफको जितमा रश्मि घिसिङले खेलको ७१औँ र अनिता केसीले ७६औँ मिनेटमा गोल गरे। रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दा अनिताले केसीले पनि बस्नेतकै असिस्टमा गोल गरेकी हुन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी रेनुका नगरकोटी प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

यसअघि मंगलबार नै भएको पहिलो सेमिफाइनमा जित निकाल्दै पुलिसले उपाधिनजिक पुग्दा चितवनलाई ७–० गोल अन्तरले हराएको थियो। पुलिसको जितमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरे। देउवाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा, उपाध्यायले ३४औँ, ६६औँ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

पुलिसको लागि थप एक गोल खेलको ४५औँ मिनेटमा सुष्मा तामाङले गरिन्। देउवा प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो ३ बजे हुनेछ। आठ टिमको सहभागिता रहेको प्रतियोगितामाको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ। हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज