पुलिसलाई निराश पार्दै एफिएफले उचाल्यो हेटौँडा गोल्डकपको उपाधि

२५ बैशाख, हेटौँडा । २०७९ यता घरेलु फुटबलमा अपराजित एपिएफले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिएको छ । चारमहिना भित्र छैटौँपटक उपाधि जित्ने क्रममा उसले चिरपरिचित विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई हेटौँडामा पनि निराश बनाएको हो ।

एपिएफले हेटौँडामा पहिलोपटक आयोजना भएको महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुलिसलाई टाईब्रेकरमा पराजित गरेको छ । १९ बैशाखबाट सुरु भएको प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनलमा एफिएले पुलिसलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले हराएको हो ।

एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरे । रश्मि कुमारी घिसिङको प्रहार भने पुलिसकी गोलरक्षक उषा नाथले बचाउ गरिन् । यस्तै पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गर्न सकिन् । पुलिसकी कप्तान निरु थापाको प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगरले बचाउ गर्दा रेविका पाण्डेको प्रहार गोलपोष्टमा ठोकिएर बारिएको थियो । यस्तै सुस्मा तामाङको प्रहार पनि बाहिरिएको थियो ।

यसअघि खेलको निर्धारित समय बराबरीमा टुंगिएको थियो । दुबै टोलीले केहि गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न नसक्दा खेलको नतिजा टाईब्रेकरसम्म पुगेको थियो । खेलको १५ औं मिनेटमा पुलिसकी मीना देउवाले पाएको राम्रो अवसर फितलो प्रहारका कारण एपिएफकी गोलकिपर अन्जना राना मगरले सजिलै बचाएकी थिइन् ।

यस्तै पहिलो हाफकै २७ औं मिनेटमा एफिएफकी रश्मिकुमारी घिसिङको प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो । सविता राना मगरले दिएको बललाई रश्मिले पोष्टको दिशा दिएकी थिइन् । त्यसपछि पनि दुबैतर्फबाट गोलको प्रयास भएपनि गोल भने हुन सकेने । बिजेता भएसँगै एपिएफले ७ लाख रुपैयाँ र ट्रफि प्राप्त गरेको छ भने पुलिसले ५ लाख रुपैयाँ पाएको छ । यस्तै प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दि म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरिन् ।

सर्वोत्कृष्ट खेलाडी बनेकी रश्मिले पाइन स्कुटर
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी एपिएफकी रश्मि घिसिङले स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी रश्मिले क्वार्टरफाइलनमा वीरगंजविरुद्धको खेलमा ह्याट्रिकसहित ५ र सेमिफाइनलमा संकटाबिरुद्ध एक गोल गरेकी थिइन् । उनलाई कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले स्कुटर प्रदान गरे । प्रदेशसभा सदस्य बानियाँले नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि स्कुटर पुरस्कार प्रायोजन गरेका हुन् ।

प्रतियोगितामा एपिएफकै गोलरक्षक अञ्जना राना मगर, मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे उत्कृष्टा घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र समीक्षा घिमिरे उत्कृष्टा डिफेन्डर घोषित भइन् । विधागत उत्कृष्ट भएका सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौँ संस्करणसम्म सहिद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप फुटबल प्रतियोेगिताको रुपमा पुरुष फुटबलका रुपमा हुँदै आएको प्रतियोगिता यसपटकबाट महिला फुटबल प्रतियोगिताको रुपमा आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, हेटौँडाकी मेयर मिना कुमारी लामा लगाएतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र पुलिसको महिला टोली सहित आयोजक मकवानपुर, संकटा, बाराको जनजागृति युवा क्लब, रौतहट, चितवन र वीरगंजको महिला टोलीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज