Day: २०८२, २६ बैशाख शुक्रबार ०८:१३

पुलिसलाई निराश पार्दै एफिएफले उचाल्यो हेटौँडा गोल्डकपको उपाधि

पुलिसलाई निराश पार्दै एफिएफले उचाल्यो हेटौँडा गोल्डकपको उपाधि

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२५ बैशाख, हेटौँडा । २०७९ यता घरेलु फुटबलमा अपराजित एपिएफले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिएको छ । चारमहिना भित्र छैटौँपटक उपाधि जित्ने क्रममा उसले चिरपरिचित विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई हेटौँडामा पनि निराश बनाएको हो । एपिएफले हेटौँडामा पहिलोपटक आयोजना भएको महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुलिसलाई टाईब्रेकरमा पराजित गरेको छ । १९ बैशाखबाट सुरु भएको प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनलमा एफिएले पुलिसलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले हराएको हो । एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरे । रश्मि कुमारी घिसिङको प्रहार भने पुलिसकी गोलरक्षक उषा नाथले बचाउ गरिन् । यस्तै पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गर्न सकिन् । पुलिसकी कप्तान निरु थापाको प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगरले बचाउ गर्दा रेविका पाण्डेको प्रहार गो...
सामुदायिक आँखा अस्पतालमा प्याड भेन्डिङ मेसिन सहयोग

सामुदायिक आँखा अस्पतालमा प्याड भेन्डिङ मेसिन सहयोग

ताजा अपडेट, समाचार, हेटौँडा
२५ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा युक्ति फाउण्डेसन काठमाण्डौले सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ । अस्पतालमा आउने महिला बिरामीहरुको सहजताको लागि भेन्डिङ मेसिन सहयोग गरेको हो । बिहीबार अस्प्तालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमख डा. सुनिल थकालीलाई फाउण्डेसनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । मेसिनका कारण अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानुपर्ने बाध्यता हट्ने भएको छ । अस्पतालका संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीहरुलाई यसले धेरै सहयोग हुने विश्वस व्यक्त गरे । मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेसनबाट सहयोग गर्ने उनको प्रतिबद्धता थियो । युक्ति फाउण्डेसनका पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने स...
लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जना पक्राउ

लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जना पक्राउ

ताजा अपडेट, समाचार
२५ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीमा सुकौरा बुढीचौर हुँदै हेटौंडा बजारतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना. २६ प ३६७१ नम्बरको मोटरसाइकलबाट हेटौँडातर्फ आउँदै गरेका दोलखा भिमेश्वर नगरपालिका ८ का २५ वर्षीय विजय थापा र मकवानपुरगढी गाउँपालिका ७ का ३५ वर्षीय सुनिल बोम्जन रहेका छन् । शंकाको आधारमा उनीहरुलाई खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको २ किलो ५३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्...
५०० दरका १८६ थान नक्कली नोटसहित हेटौँडाबाट एकजना पक्राउ

५०० दरका १८६ थान नक्कली नोटसहित हेटौँडाबाट एकजना पक्राउ

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
२५ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट नेपाली रूपैयाँ ५०० दरका १८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् । उनलाई बिहीबार राति बिहान सवा एकबजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा अधिकारीलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिएको थियो । प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान फेला परेको हो । बरामद नोटको कुल रकम...
सरकारी उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रको ध्यानाकर्षण

सरकारी उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रको ध्यानाकर्षण

Breaking News 2, अर्थ, ताजा अपडेट, राजनीति, समाचार
२६ बैशाख, हेटौँडा । हेटौंडा सिमेण्ट लगायत सरकारी स्वामित्वको उद्योग निजीकरण नगर्न माग राख्दै नेकपा माओवादी केन्द्र मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हेटौंडा सिमेन्ट उद्योग लगायतका सरकारी स्वामित्वको उद्योग निजीकरण गर्ने सरकारको निर्णय विरुद्ध विरोध प्रदर्शन समेत गरेको माओवादीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको हो । बिहिबार हेटौंडा २ स्थित मानसचोकबाट सरकारको निर्णय विरुद्धमा माओवादी केन्द्र मकवानपुर इन्चार्ज विजय गौतमको नेतृत्वको टोलीले प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौंडा सिमेन्ट उद्योग लगायत अन्य सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णय गरेको थियो । एकातिर बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग लगायत पुनः सञ्चाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज