२५ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा युक्ति फाउण्डेसन काठमाण्डौले सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ । अस्पतालमा आउने महिला बिरामीहरुको सहजताको लागि भेन्डिङ मेसिन सहयोग गरेको हो ।
बिहीबार अस्प्तालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमख डा. सुनिल थकालीलाई फाउण्डेसनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । मेसिनका कारण अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानुपर्ने बाध्यता हट्ने भएको छ ।
अस्पतालका संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीहरुलाई यसले धेरै सहयोग हुने विश्वस व्यक्त गरे । मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेसनबाट सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
युक्ति फाउण्डेसनका पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको जानकारी दिँदै नेपालमा पनि महिलाहरुलाई पर्नसक्ने समस्याको हल गर्न मेसिन सहयोग गरेको बताइन् ।
हेटौंडासहित अन्य विभिन्न स्थानमा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरिएको लामाको भनाई थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाई थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।