लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जना पक्राउ

२५ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीमा सुकौरा बुढीचौर हुँदै हेटौंडा बजारतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना. २६ प ३६७१ नम्बरको मोटरसाइकलबाट हेटौँडातर्फ आउँदै गरेका दोलखा भिमेश्वर नगरपालिका ८ का २५ वर्षीय विजय थापा र मकवानपुरगढी गाउँपालिका ७ का ३५ वर्षीय सुनिल बोम्जन रहेका छन् । शंकाको आधारमा उनीहरुलाई खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको २ किलो ५३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस्तै अवैध लागूऔषध नाइट्राभेटसहित मकवानपुर प्रहरीले रौतहटको मौलापुर नगरपालिका ९ का ३२ वर्षीय सुनिल सिंह पटेललाई हेटौंडाबाट पक्रेको छ । प्रहरी चौकी रातोमाटेको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमोटेमा चेकिङको क्रममा बा.प्र ०१–०३१ च ५०२२ नम्बरको गाडीबाट विभिन्न परिमाणको नाइट्राभेटसहित उनलाई पक्रेको हो ।

गाडीलाई रोकेर चेकिङ पटेलले बोकोको सुटकेस र झोलाबाट लागूऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले पटेलको सुटकेस र झोलाबाट लागूऔषध नाईट्राभेट ३ हजार ४४० ट्याब्लेट, ट्रामाडोल २ हजार ९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुर्फिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको हो । उनलाई जिल्ला अदालत मकवानपुरबाट एकहप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...