५०० दरका १८६ थान नक्कली नोटसहित हेटौँडाबाट एकजना पक्राउ

२५ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट नेपाली रूपैयाँ ५०० दरका १८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् ।

उनलाई बिहीबार राति बिहान सवा एकबजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा अधिकारीलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान फेला परेको हो । बरामद नोटको कुल रकम ९३, हजार रुपैयाँ बराबर रहेको छ ।

अधिकारीलाई पक्राउ गरी मुद्रा सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए । उनले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...