खुला दौड प्रतियोगितामा सिर्जना सिंतान र मिङमर तामाङ प्रथम

१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित खुला दौड प्रतियोगितामा महिलातर्फ सिर्जना सिंतान र पुरुषतर्फ मिङमर सिंगी तामाङ विजयी भएका छन् ।

बुधबार हेटौँडामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा सम्पन्न भएको दौड प्रतियोगिता बुद्धचोकबाट सुरु भई कान्तिलोकपथ, भैरवरोड, लक्ष्मी स्कुल, सूर्यचोक, थाहा चोक हुँदै पुनः बुद्धचोकमा समापन भएको थियो ।

पाँच किलोमिटरको दूरी रहेको उक्त प्रतिस्पर्धामा महिलातर्फ सिर्जना सिंतान पहिलो, शुष्मा दर्लामी दोस्रो र कृषिका क्षेत्री तेस्रो स्थानमा रहिन् । यस्तै, पुरुषतर्फ मिङमर सिंगी तामाङ पहिलो, राजकुमार गोले दोस्रो र विजन सुनार तेस्रो स्थानमा रहे ।

विजेता प्रतियोगीहरूले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विजेताहरुलाई पुरस्कारहरू गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार हेटौँडामा हुने विशेष कार्यक्रममा वितरण गरिने प्रदेशका मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...