खुला दौड प्रतियोगितामा सिर्जना सिंतान र मिङमर तामाङ प्रथम

१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित खुला दौड प्रतियोगितामा महिलातर्फ सिर्जना सिंतान र पुरुषतर्फ मिङमर सिंगी तामाङ विजयी भएका छन् ।

बुधबार हेटौँडामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा सम्पन्न भएको दौड प्रतियोगिता बुद्धचोकबाट सुरु भई कान्तिलोकपथ, भैरवरोड, लक्ष्मी स्कुल, सूर्यचोक, थाहा चोक हुँदै पुनः बुद्धचोकमा समापन भएको थियो ।

पाँच किलोमिटरको दूरी रहेको उक्त प्रतिस्पर्धामा महिलातर्फ सिर्जना सिंतान पहिलो, शुष्मा दर्लामी दोस्रो र कृषिका क्षेत्री तेस्रो स्थानमा रहिन् । यस्तै, पुरुषतर्फ मिङमर सिंगी तामाङ पहिलो, राजकुमार गोले दोस्रो र विजन सुनार तेस्रो स्थानमा रहे ।

विजेता प्रतियोगीहरूले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विजेताहरुलाई पुरस्कारहरू गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार हेटौँडामा हुने विशेष कार्यक्रममा वितरण गरिने प्रदेशका मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...