नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

७ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब विजयी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेश र न्यु डाइमण्डले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

शनिबारको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गरेको हो। पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ स्कोरमा सहज जित निकाल्यो ।

यस्तै, शनिबार नै भएको दोस्रो खेलमा न्यू डाइमण्डले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २७–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्‍यो ।

प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डाइमण्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी हुन् । उनले हेटौँडामा पछिल्लो समय महिलाका राष्ट्रिय प्रतियोगिता हुन थालेकोमा खुशी व्यक्त गरिन् । उनले यसअघि जेठमा महिला फुटबलको राष्ट्रिय प्रतियोगिता भएको स्मरण गराउँदै हेटौँडा उपमहानगरपालिका खेल आयोजना र खेलाडी उत्पादनका दुबै हिसाबले अब्बल बन्दै गएको बताइन् ।

उनले प्रतियोगिता आयोजना गर्न र खेलाडी उत्पादनका लागि आवस्यक पर्ने खेल पूर्वाधारको विकासका लागि उपमहानगरपालिकाले ध्यान दिइरहेको बताइन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...