नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

७ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब विजयी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेश र न्यु डाइमण्डले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

शनिबारको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गरेको हो। पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ स्कोरमा सहज जित निकाल्यो ।

यस्तै, शनिबार नै भएको दोस्रो खेलमा न्यू डाइमण्डले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २७–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्‍यो ।

प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डाइमण्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी हुन् । उनले हेटौँडामा पछिल्लो समय महिलाका राष्ट्रिय प्रतियोगिता हुन थालेकोमा खुशी व्यक्त गरिन् । उनले यसअघि जेठमा महिला फुटबलको राष्ट्रिय प्रतियोगिता भएको स्मरण गराउँदै हेटौँडा उपमहानगरपालिका खेल आयोजना र खेलाडी उत्पादनका दुबै हिसाबले अब्बल बन्दै गएको बताइन् ।

उनले प्रतियोगिता आयोजना गर्न र खेलाडी उत्पादनका लागि आवस्यक पर्ने खेल पूर्वाधारको विकासका लागि उपमहानगरपालिकाले ध्यान दिइरहेको बताइन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...