Day: June 21, 2025

तीव्र गतिले निम्त्याएको क्षति: चितवन दुर्घटनामा एकै परिवारका तीनसहित सातको मृत्यु

तीव्र गतिले निम्त्याएको क्षति: चितवन दुर्घटनामा एकै परिवारका तीनसहित सातको मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
६ असार, हेटौँडा । ‘तीव्र गति, जीवन क्षति’, ‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’। नियन्त्रित गतिमा यात्रा गर्न सवारीचालकलाई केन्द्रित गरेर ट्राफिक प्रहरीले मुख्य सडकका ठाउँ–ठाउँमा यस्ता सन्देश राख्ने गरेको छ । तर, शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका– ४, डुडुवा भन्ने स्थानमा चालकले तीव्र गतिमा सवारी चलाएकै कारण एकै परिवारका तीनसहित सातजनाको ज्यान जाने गरी भयानक दुर्घटना भयो । धनगढीबाट काँकडभिट्टाका लागि जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी माइक्रो बस आपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका– ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको छ । चिकित्सकले प्रसूतिका लागि आइतबारको समय दिएका...
नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
७ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब विजयी भएका छन् । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेश र न्यु डाइमण्डले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । शनिबारको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गरेको हो। पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ स्कोरमा सहज जित निकाल्यो । यस्तै, शनिबार नै भएको दोस्रो खेलमा न्यू डाइमण्डले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २७–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासि...