तीव्र गतिले निम्त्याएको क्षति: चितवन दुर्घटनामा एकै परिवारका तीनसहित सातको मृत्यु

६ असार, हेटौँडा । ‘तीव्र गति, जीवन क्षति’, ‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’। नियन्त्रित गतिमा यात्रा गर्न सवारीचालकलाई केन्द्रित गरेर ट्राफिक प्रहरीले मुख्य सडकका ठाउँ–ठाउँमा यस्ता सन्देश राख्ने गरेको छ ।

तर, शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका– ४, डुडुवा भन्ने स्थानमा चालकले तीव्र गतिमा सवारी चलाएकै कारण एकै परिवारका तीनसहित सातजनाको ज्यान जाने गरी भयानक दुर्घटना भयो ।

धनगढीबाट काँकडभिट्टाका लागि जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी माइक्रो बस आपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका– ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको छ ।
चिकित्सकले प्रसूतिका लागि आइतबारको समय दिएकाले उनीहरू भरतपुर अस्पताल जाँदै थिए । त्यस्तै, हेटौँडा– १७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र इभी माइक्रो चालक हेटौँडा– १० का राजु थिङको पनि मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अर्की एकजना रौतहटको चन्द्रनिगाहपुर– ६ की ३१ वर्षीया सीता कुमारी भएको खुलेको छ । अर्की एक मृतक महिलाको भने पहिचान नखुलेको चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । उनका अनुसार मृत्यु भएका सबै इभी माइक्रोमै सवार थिए ।

प्रहरीले तीव्र गतिका कारण मानवीय क्षति निम्तिने गरी दुर्घटना भएको जनाएको छ । इभी माइक्रो आफ्नै दिशातर्फबाट जाँदै गरेको अर्को गाडीलाई ओभरटेक गरेर तीव्र गतिमा अगाडि बढेको र विपरीत दिशाबाट बस पनि तीव्र गतिमै आएको अवस्थामा एकआपसमा ठोक्किएको डिएसपी खनालले बताए । ‘दुवै गाडीको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । थप अनुसन्धानबाट अन्य विषयबारे खुल्ला,’ डिएसपी खनालले भने ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । यीमध्ये १८ जना उपचारपछि घर फर्किसकेका छन् । ६ घाइतेको चितवनकै नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेज र एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

गर्भवतीसहित एकै परिवारका तीनको मृत्यु
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका– ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको छ ।

चिकित्सकले प्रसूतिका लागि आइतबारको समय दिएकाले उनीहरू भरतपुर अस्पताल जाँदै थिए । हेटौँडा उपमहानगरपालिका– ५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार रेनुका र सरोजका घरमा नौ र चार वर्षका दुई छोरी छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...