अर्थ

पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौँडा । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोग गर्ने नीति लागू गरेको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सरकारले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, कृषि अवशेषको उपयोग बढाउने, रोजगारी सिर्जना गर्ने तथा ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने लक्ष्यसहित यो नीति ल्याएको जनाएको छ। इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, कास्साभा लगायतका कच्चापदार्थ प्रयोग गर्न सकिनेछ। खाद्यान्नका रूपमा प्रयोग हुने अन्न भन...
हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१० मङ्सिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रशासनले सक्रिय पहल थालेको छ । पटक(पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक विस्तारलाई तीव्रता दिन सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै...
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२९ कात्तिक, हेटौँडा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरेर प्रतिलिटर पेट्रोलको मूल्य दुई रुपैयाँ र डिजेलको मूल्य तीन रुपैयाँले बढाएको निगमले जनाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएपछि मूल्य बढाएको हो । यद्यपि, भारतबाट बढेर आएको मूल्य दरको तुलनामा कम बढाएको निगमको भनाइ छ। ‘इन्डियन आयल कर्पोरेसनबाट १५ नोभेम्बरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २।५४ ले र डिजेलमा ६।५३ ले बढेर आए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५८।५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गका क्षेत्रमा १६१ रुप...
मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमा सडक स्तरोन्नती गर्दै

मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमा सडक स्तरोन्नती गर्दै

Breaking News 2, अर्थ, ताजा अपडेट, मनहरी, समाचार
२९ कात्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन् । ६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ। शनिबार मनहरी २ कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए। आफू जनप्रतिनिधि भएर आएप...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, बागमती प्रदेश, समाचार
२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कांग्रेस बकैया गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मंगलबार नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की अध्यक्ष लक्ष्मी जिम्बासहितको टोलीले सहयोग रकम मृतक लिलाराम जिम्बाका बुबा देव जीत जिम्बालाई हस्तान्तरण गरेको हो । कांग्रेस बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार, मृतकका परिवारलाई मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको तर्फबाट १ लाख रुपैयाँ र कांग्रेस बकैया समिति...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक यातायात सहज र अवरोधबिना सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विशेष व्यवस्था स्वरूप रुट परमिट खुला गरेको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गाडीहरू रुट नलिईकनै गन्तव्यसम्म जान पाउनेछन् । तर, विशेष कारणले कुनै बाटोमा चल्न निषेध गरिएका सवारी साधनका हकमा भने पूर्ववत् प्रतिबन्ध कायम नै रहनेछ । रुट परमिटको यो व्यवस्था आउँदो असोज २२ गतेसम्म मात्र लागू हुने स्वाँरले जानकारी दिनुभयो । साथै यात्रुहरूले सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले स्पष्ट पारेको छ । चाडपर्वको समयमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन सरकारको निर्णयअनुसार ट्रेलरजस्ता ठूला गाडी भने आजदेखि पूर्णिमासम्म नारायण...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै औपचारिक प्रक्रिया अघि बढाएको छ । मंगलबार बसेको प्रदेश सचिवस्तरीय बैठकले उच्चस्तरीय कार्यदल गठन गरी तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको हो । प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच सहकार्य र समन्वय अनिवार्य गर्ने निर्णय गरेको छ । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्ठाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी सद...
सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ भदौ, हेटौँडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गरिखाने वर्गको पक्षमा रहेको बताएका छन् । सबै नागरिकलाई कामको नैतिकताका आधारमा हेर्ने गरी अघि बढेको उनले बताए । चितवन उद्योग संघको ३४ औं बार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ प्रदेश सरकारको प्राथमिकता उद्यमी र परिश्रमी नागरिकलाई समर्थन गर्नु रहेको स्पष्ट पारे । बारम्बारको सरकार परिवर्तनले देशको विकास र विशेषगरी ‘गरिखाने वर्ग’को प्रगतिमा बाधा पु¥याएको उनको भनाई छ । उनले वर्तमान गठबन्धन सरकार पाँचवर्षे स्थायित्व प्रदान गरी लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक मेरुदण्डका रुपमा रहेका बताए । उद्योगी–व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्न वर्तमान सरकार गठन भएको उनले दावी गरे । मुख्यमन्त्री लामाले देशको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणालीमा रहेको औंल्याए । निर्वाचन प...
हेटौँडाका सफाइ कर्मचारीको सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौँडाका सफाइ कर्मचारीको सामाजिक सुरक्षा कोषमा आवद्ध

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
१३ भदौ, हेटौँडा । ०७२ सालमा नेपालकै पहिलो स्वच्छ सहर घोषित भएको हेटौँडा उपमहानगरपालिकाले यहाँका सफाइ कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । हेटौँडाको फोहोर व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएको ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालि र उपमहानगरपालिकाले साझेदारीमा यहाँ कार्यरत ५३ जना सफाइ कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका हुन् । ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले यो अभ्यासले कर्मचारीलाई नियमित आम्दानी मात्र नभई भविष्यको सुरक्षा र सामाजिक सम्मान दिलाउने विश्वास लिइएको बताए । उनले निकट भविष्यमा सफाइ कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भइरहेको पनि जानकारी दिए । ‘सफाइ कर्मचारीलाई सुरक्षा कोषमा आबद्धता गराउँदा कर्मचारीको जीवनस्तर उकास्न, आत्मसम्मान बढाउन र पेसालाई दीर्घकालीन बनाउन मद्दत पुग्ने विश्वास लिएका छौँ,’...
काठमाडौँको कपनमा ‘मेरो फोन’ मोबाइल पसलको भव्य उद्घाटन

काठमाडौँको कपनमा ‘मेरो फोन’ मोबाइल पसलको भव्य उद्घाटन

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर, कपनमा “मेरो फोन” नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन गरिएको छ । आधुनिक प्रविधियुक्त मोबाइल तथा यससँग सम्बन्धित सम्पूर्ण एक्सेसरीहरू उपभोक्तालाई सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । आयोजकहरूले “मेरो फोन”लाई उपभोक्ताको विश्वास जित्ने, गुणस्तरीय सेवा दिने र समयानुकूल नयाँ प्रविधि उपलब्ध गराउने केन्द्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उक्त मोबाइल पसलमार्फत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल एक्सेसरी, रिपेयरिङ सेवा तथा अन्य डिजिटल सामग्री उपभोक्ताहरूले एकै स्थानबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।  ...