
हेटौँडा उपमहानगरद्वारा कृषकलाई आधुनिक कृषि यन्त्र वितरण
२३ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले कृषि यान्त्रीकरण प्रवद्र्धन गर्दै कृषकहरूको उत्पादनशक्ति अभिवृद्धि र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रम नगर कार्यालय परिसरमै सम्पन्न भएको हो । ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहरः हेटौँडा’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उपस्थिति रहेको थियो ।
कृषि विकास शाखाका अनुसार अनुदानमा वितरण गरिएको उपकरणमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लान्टर, १ थान कम्बाइन मिल, १ थान पानी तान्ने पम्प र ४१ वटा म...