९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर, कपनमा “मेरो फोन” नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन गरिएको छ । आधुनिक प्रविधियुक्त मोबाइल तथा यससँग सम्बन्धित सम्पूर्ण एक्सेसरीहरू उपभोक्तालाई सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो ।
उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । आयोजकहरूले “मेरो फोन”लाई उपभोक्ताको विश्वास जित्ने, गुणस्तरीय सेवा दिने र समयानुकूल नयाँ प्रविधि उपलब्ध गराउने केन्द्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त मोबाइल पसलमार्फत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल एक्सेसरी, रिपेयरिङ सेवा तथा अन्य डिजिटल सामग्री उपभोक्ताहरूले एकै स्थानबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।