मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमा सडक स्तरोन्नती गर्दै

२९ कात्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन् । ६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ।

शनिबार मनहरी २ कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए।

आफू जनप्रतिनिधि भएर आएपछि जनताको हरेक समस्यामा साथमै रहेको बताउँदै उनले सरकारी सेवा सुविधाको सवारी सुविधा नलिनुका साथै प्राप्त तलबभत्ता पनि जनतामै लगानी गरिएको जानकारी दिए। उनले आफ्नो तलबभत्ताको रकमबाट मनहरी ५ मा एक विपन्नको घर बनाइदिएका छन् भने ६ नम्बर वडामा पनि अर्को घर निर्माणको काम गरिरहेका छन्। विपन्न बालबालिकालाई छात्रवृत्ति तथा पोसाकमा पनि अध्यक्ष कालाखेतीले आफ्नो तलबभत्ताको रकम खर्च गर्दै आएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...