बढ्यो डिजेल र पेट्रोलको मूल्य

२९ कात्तिक, हेटौँडा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरेर प्रतिलिटर पेट्रोलको मूल्य दुई रुपैयाँ र डिजेलको मूल्य तीन रुपैयाँले बढाएको निगमले जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएपछि मूल्य बढाएको हो । यद्यपि, भारतबाट बढेर आएको मूल्य दरको तुलनामा कम बढाएको निगमको भनाइ छ।

‘इन्डियन आयल कर्पोरेसनबाट १५ नोभेम्बरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २।५४ ले र डिजेलमा ६।५३ ले बढेर आए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५८।५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गका क्षेत्रमा १६१ रुपैयाँ पर्नेछ । यस्तै, डिजेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १४४।५०, दोस्रो वर्गका क्षेत्रमा १४६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा १४७ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्र पर्छन् । यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्र पर्छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...