हेटौँडाका सफाइ कर्मचारीको सामाजिक सुरक्षा कोषमा आवद्ध

१३ भदौ, हेटौँडा । ०७२ सालमा नेपालकै पहिलो स्वच्छ सहर घोषित भएको हेटौँडा उपमहानगरपालिकाले यहाँका सफाइ कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । हेटौँडाको फोहोर व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएको ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालि र उपमहानगरपालिकाले साझेदारीमा यहाँ कार्यरत ५३ जना सफाइ कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका हुन् ।

ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले यो अभ्यासले कर्मचारीलाई नियमित आम्दानी मात्र नभई भविष्यको सुरक्षा र सामाजिक सम्मान दिलाउने विश्वास लिइएको बताए । उनले निकट भविष्यमा सफाइ कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भइरहेको पनि जानकारी दिए । ‘सफाइ कर्मचारीलाई सुरक्षा कोषमा आबद्धता गराउँदा कर्मचारीको जीवनस्तर उकास्न, आत्मसम्मान बढाउन र पेसालाई दीर्घकालीन बनाउन मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण भएकाले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको बताइन् । आफ्ना कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको उनको भनाइ थियो । मेयार लामाले सफाइ कर्मचारीहरूलाई स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय अपनाएर मात्र कार्यमा खटिन सुझाव दिइन् ।

‘सफाइ कर्मचारीको दैनिकी सहरको सुन्दरतासँग जोडिएको भए पनि उनीहरूको पेसा अझै पनि उच्च जोखिमयुक्त छ । घामपानी, धुलो–धुवाँ र संक्रमणको जोखिमबिच उनीहरूले दिनहुँ हजारौँ घरधुरीको फोहोर व्यवस्थापन गर्छन्,’ उनले भनिन्, ‘उनीहरूको जीवनस्तर उकास्न, आत्मसम्मान बढाउन र पेसालाई दीर्घकालीन बनाउन हामीले कोषमा आबद्ध गराएका हौँ ।’

फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्रा। डा। आशिष खनालका अनुसार देशभर करिब ७० भन्दा बढी संस्था यस क्षेत्रमा सक्रिय भए पनि सम्पूर्ण कर्मचारीलाई एकैपटक सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने यो पहिलो घटना हो । यसले सफाइ क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाजस्तो मौलिक अधिकारसँग जोड्ने नयाँ ढोका खोलेको छ ।

०६२ सालदेखि नै उपमहानगरपालिकासँगको साझेदारीमा काम गर्दै आएको ग्रिन एन्ड क्लिन सिटीले ०७२ सालमा हेटौँडालाई नेपालकै पहिलो स्वच्छ सहर घोषणा गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । ग्रिन एन्ड क्लिन सिटी सर्भिस प्रालिले हेटौँडा उपमहानगरपालिका– १, भैरवडाँडामा २१ कट्ठा जग्गा भाडामा लिएर कम्पोस्ट प्लान्ट निर्माणको तयारी गरिरहेको छ भने चौकीटोलमा वेस्ट डेमो सेन्टर बनाउन पाँच कट्ठा जग्गा भाडामा लिइएको छ ।

संस्थाका अध्यक्ष नवराज खतिवडाका अनुसार कम्पनी सञ्चालनका लागि हालसम्म करिब तीन करोड रुपैयाँ लगानी भइसकेको छ । कम्पनीले दैनिक २६ टन फोहोर १३ वटा सवारीसाधनमार्फत संकलन गरी २० हजार घरधुरीलाई सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...