
बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने
१३ भदौ, हेटौँडा । यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम ९इडिएलएस० र भेहिकल रजिस्ट्रेसन सिस्टम ९भिआरएस० सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब एक महिनाभित्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छापेर वितरण गर्ने भएको छ।
यस प्रणालीमार्फत नागरिकले अनलाइनमार्फत आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरणका लागि निवेदन गर्न तथा प्रिन्टिङ प्रक्रियासम्म सहज पहुँच पाउने व्यवस्था गरिएको छ। प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रतिघण्टा ७५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेको जानकारी दिए।
उनका अनुसार आउँदो महिनादेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ सेवा औपचारिक रूपमा सुरुवात हुनेछ। मन्त्री थापाले खरिद गरिएका प्रत्येक मेसिनले प्रतिघण्टा १५० वटा लाइसेन्स छाप्न सक्ने बताए। पाँचवटै मेसि...