बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने

१३ भदौ, हेटौँडा । यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम ९इडिएलएस० र भेहिकल रजिस्ट्रेसन सिस्टम ९भिआरएस० सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब एक महिनाभित्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छापेर वितरण गर्ने भएको छ।

यस प्रणालीमार्फत नागरिकले अनलाइनमार्फत आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरणका लागि निवेदन गर्न तथा प्रिन्टिङ प्रक्रियासम्म सहज पहुँच पाउने व्यवस्था गरिएको छ। प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रतिघण्टा ७५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेको जानकारी दिए।

उनका अनुसार आउँदो महिनादेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ सेवा औपचारिक रूपमा सुरुवात हुनेछ। मन्त्री थापाले खरिद गरिएका प्रत्येक मेसिनले प्रतिघण्टा १५० वटा लाइसेन्स छाप्न सक्ने बताए। पाँचवटै मेसिनमार्फत दैनिक हजारौँ सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ।

‘सवारी अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा पास गरेर पनि लामो समयसम्म लाइसेन्स नपाउँदा सेवाग्राहीले समस्या भोग्दै आउनुपरेको थियो। अबको एक महिनाभित्र यो समस्या हटेर जान्छ,’ उनले भने, ‘हामीले करिब पाँच करोड रुपैयाँ लागतमा प्रतिघण्टा ७५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेका छौँ।’

यसअघि चालक अनुमतिपत्र छपाइ कार्य केन्द्र सरकारअन्तर्गतको यातायात व्यवस्था विभागमार्फत हुँदै आएको थियो। तर, केन्द्रमा चाप बढ्दै जाँदा सेवाग्राहीलाई समयमै लाइसेन्स वितरणमा समस्या देखिएपछि प्रदेश सरकारले स्वयं लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। चालू आर्थिक वर्ष ०८२र८३ का लागि प्रदेश सरकारले यस प्रयोजनका लागि ६ करोड ७५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेको छ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ। तीन वर्षअघि ट्रायल पास गरेका तथा नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले समेत अझै अनुमतिपत्र प्राप्त गर्न नसकेको अवस्थामा बागमती प्रदेशले सुरु गर्न लागेको यो सेवा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको मन्त्री थापाको विश्वास छ।

मन्त्री थापाले नयाँ प्रणालीले ढिलासुस्ती, अनियमितता र कार्यालयमा हुने भिड नियन्त्रण गर्ने बताए। उनका अनुसार अब सेवाग्राहीले मोबाइल वा कम्प्युटरमार्फत आफ्ना लाइसेन्स तथा सवारीसाधन दर्ता विवरण सजिलै अवलोकन गर्न सक्नेछन्। साथै, ‘नागरिक एप’मार्फत सवारीचालक अनुमतिपत्र र सवारीधनी किताब ९बिलबुक०समेत हेर्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

यस प्रणालीमार्फत सेवाग्राहीले घरमै बस्दै नवीकरणको प्रक्रिया पूरा गर्न सक्ने भएकाले समय र खर्च दुवै बचत हुने मन्त्री थापाको दाबी छ। उनले बागमती प्रदेशले डिजिटल यातायात सेवाको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै यसले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज