बागमतीलाई ‘मानवताको प्रदेश’ घोषणा गर्छौँ स् मुख्यमन्त्री बानियाँ

१३ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका छन् । उनले प्रदेशका १३ जिल्लामा सडक तथा सहयोगापेक्षी मानवहरूको व्यवस्थापन गरेर सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताए ।

हेटौँडामा आयोजित मानवसेवा आश्रमको १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मानवसेवा आश्रमको सेवालाई प्रदेशका सबै १३ जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए । सडआश्रित, बेसहारा तथा असहाय मानिसहरूको उद्धार र संरक्षणमा मानवसेवा आश्रमको कार्य उत्कृट रहेको उनले बताए ।

‘एउटा व्यक्तिले सत्य र मानवताको भावले निरन्तर काम गर्दा समाज र सरकारलाई नै घचघच्याउन सक्दो रहेछ । हामी सरकारमा छौँ । हामीले चाहे धेरै गर्न सक्छौँ,’ उनले भने, ‘यसअघि दुईवटा प्रदेशले सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेको बुझेको छु । अब तेस्रो नम्बरमा बागमती प्रदेशले यथाशीघ्र ‘मानवताको प्रदेश’ घोषणा गर्नेछ । प्रदेशका सबै जिल्लामा सेवा विस्तार गर्ने अभियानमा सरकार साझेदार बन्नेछौँ । आवश्यकताअनुसार आश्रमका भवन तथा संरचना निर्माणका सहयोग गर्न तत्पर छौँ ।’

समाजलाई कसरी राम्रो बनाउने, टुटेका मनहरूलाई कसरी जोड्ने भन्नेमा चिन्तन गर्नुपर्नेमा मुख्मयन्त्री बानियाँको आग्रह छ । संघीय सरकारमातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने गरी प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...