बागमतीलाई ‘मानवताको प्रदेश’ घोषणा गर्छौँ स् मुख्यमन्त्री बानियाँ

१३ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका छन् । उनले प्रदेशका १३ जिल्लामा सडक तथा सहयोगापेक्षी मानवहरूको व्यवस्थापन गरेर सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताए ।

हेटौँडामा आयोजित मानवसेवा आश्रमको १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मानवसेवा आश्रमको सेवालाई प्रदेशका सबै १३ जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए । सडआश्रित, बेसहारा तथा असहाय मानिसहरूको उद्धार र संरक्षणमा मानवसेवा आश्रमको कार्य उत्कृट रहेको उनले बताए ।

‘एउटा व्यक्तिले सत्य र मानवताको भावले निरन्तर काम गर्दा समाज र सरकारलाई नै घचघच्याउन सक्दो रहेछ । हामी सरकारमा छौँ । हामीले चाहे धेरै गर्न सक्छौँ,’ उनले भने, ‘यसअघि दुईवटा प्रदेशले सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेको बुझेको छु । अब तेस्रो नम्बरमा बागमती प्रदेशले यथाशीघ्र ‘मानवताको प्रदेश’ घोषणा गर्नेछ । प्रदेशका सबै जिल्लामा सेवा विस्तार गर्ने अभियानमा सरकार साझेदार बन्नेछौँ । आवश्यकताअनुसार आश्रमका भवन तथा संरचना निर्माणका सहयोग गर्न तत्पर छौँ ।’

समाजलाई कसरी राम्रो बनाउने, टुटेका मनहरूलाई कसरी जोड्ने भन्नेमा चिन्तन गर्नुपर्नेमा मुख्मयन्त्री बानियाँको आग्रह छ । संघीय सरकारमातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने गरी प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज