अर्थ

पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
१० असार, हेटौँडा । बकैया गाउँपालिकाको आथिक वर्ष २०८२÷२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा–एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्। गाउँपालिकाले चम्पाखहरे, बकैया–निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ।...
राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

Breaking News 2, अर्थ, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङले चालु आर्थिक वर्ष २०८१र०८२ मा राक्सिराङको कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो । राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित सार्वजनिक गरेको हो। राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ...
हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

Breaking News 1, अर्थ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्व ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् । हेटौंडाले चालु आर्थिक वर्षका लागि २ अर्व ४३ करोड  ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ । हेटौंडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बज...
हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

Breaking News 1, अर्थ, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ। उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए। खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१÷८२ मा ५० लाख रुपैयाँ ब...
मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

मकवानपुरको बागमतीले ल्यायो ८३ करोड ७२ लाख बढीको बजेट

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
८ असार, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष ०८२र८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आ...
अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसायका सामग्री सहयोग

अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसायका सामग्री सहयोग

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
६ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार केन्द्रसँगको समन्वयमा ती परिवारलाई बाख्रा, बंगुर र मौरीको घार वितरण गरेको हो। कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, पाँच परिवारलाई मौरीको घार र दुई परिवारलाई बंगुर वितरण गरेकी हुन्। नगर प्रमुख लामाले सहयोगलाई ‘बिउपुँजी’को रूपमा लिँदै त्यसको सदुपयोग गर्दै व्यवसाय विस्तारतर्फ लाग्न आग्रह गरिन्। ‘बिउलाई मास्ने होइन, विस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी छ,’ उनले भनिन्, ‘शारीरिक रूपमा अशक्त भए पनि घरमै बसेर दिगो आयआर्जनमा लाग्न सक्नु खुसीको कुरा हो। मिहिनेत गर्नेहरूका लागि उपमहानगरपालिका आफैँ पनि सघाउन तयार छ।’ सहयोग...
दैलेखको मिथेन ग्यास र आयात विस्थापन गर्ने आशा

दैलेखको मिथेन ग्यास र आयात विस्थापन गर्ने आशा

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार
६ असार, हेटौंडा । नेपालले खाना पकाउने ग्यास आयातमै हरेक वर्ष ५० अर्ब रुपैयाँभन्दा बढी विदेश पठाउँदै आएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो ५ वर्षमा मात्रै २५ लाख १ हजार ८ सय टन ग्यास आयात गर्न २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरिएको छ। तर, यति बेलामा दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डारण फेला परेको पुष्टि भएपछि ग्यास आयात विस्थापन गरी स्वदेशमै उत्पादन तथा निर्यात गर्न सकिने आशा पलाएको छ। २०७८र७९ को तुलनामा २०७९÷८० मा ग्यास आयात सामान्य मात्र घटेको भए पनि समग्रमा ग्यास खपतको दर बढ्दो रहेको छ। ूगाउँगाउँसम्म ग्यास प्रयोग विस्तार हुँदा खपत र आयात दुवै बढेको छ । भन्सार विभागका अनुसार २०७९÷८० मा ५ लाख १४ हजार ७१७ टन ग्यास आयात गर्न ५८ अर्ब १ करोड रुपैयाँ खर्च भएको थियो। अघिल्लो वर्ष २०७८÷७९ मा ५ लाख ३६ हजार २२ टन ग्यास आयात गर्दा ६५ अर्ब ५ करोड रुपैयाँ गएको थियो। हाल मासिक रूपमा ४८ देखि ५० ह...
आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, प्रदेश सांसद बानियाँले गरे उद्घाटन

आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, प्रदेश सांसद बानियाँले गरे उद्घाटन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, समाचार
३१ जेठ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरुलाई जोड्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्न गरेको पक्की पुलको शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएको छ । बाँकी २ वटा पुलको शनिबार उद्घाटन गरिएको हो । मनहरी ३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन् । ८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाईको ३ स्पानको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम् जेभ...
स्वर्णलक्ष्मी सहकारीपीडितद्वारा सहकारी मन्त्रालय घेराउ

स्वर्णलक्ष्मी सहकारीपीडितद्वारा सहकारी मन्त्रालय घेराउ

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ जेठ, हेटौँडा । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गर्दै पीडित बचतकर्ताहरूले सोमबार बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन्। सहकारीमा जम्मा गरेको बचत रकम नपाएको भन्दै आक्रोशित बचतकर्ताहरूले नाराबाजी गर्दै हेटौँडास्थित मन्त्रालय परिसरमा धर्ना दिँदै समस्याग्रस्त घोषणा गरी निक्षेप सुरक्षित गर्न सरकारलाई दबाब दिएका हुन् । बचतकर्ताहरूले एक वर्षअघि पनि मन्त्रालयमा उजुरी दिएको, तर सुनुवाइ नभएको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् । पीडितहरूले १३ हजारभन्दा बढी सेयर सदस्य रहेको सो सहकारीमार्फत २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गरेका छन् । उनीहरूले रवि लामिछानेमाथि मात्र कारबाही गरेर अन्य दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै राज्य र सरकारको भूमिकामा प्रश्न उठाएका छन्...
मकवानपुरको कैलाश–८ भार्तामा एक महिने सिलाई कटाई तालिमको समापन

मकवानपुरको कैलाश–८ भार्तामा एक महिने सिलाई कटाई तालिमको समापन

Breaking News 2, अर्थ, कैलास
२० जेठ, हेटौंडा । कैलाश गाउँपालिका–८, भार्तामा सञ्चालन गरिएको एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ। कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । बैशाख १६ गतेदेखि सुरु भएको तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले अघिल्लो वर्षझैं यस वर्ष पनि सिलाई तालिम सञ्चालन गरिएको उल्लेख गर्दै, महिलाहरुले प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । 'कपडा सिलाउन अब मनहरी जानु पर्दैन, घरमै बसेर आफ्नो सीप प्रयोग गर्नुहोस्,' अध्यक्ष मुक्तानले भने । उनले सीपसँगै मेशिन पनि उपलब्ध हुने जानकारी दिँदै, सीपले आर्थिक स्तरमा सुधार ल्याउने बताए । साथै, गाउँपालिकाको उद्देश्य ग्रामीण महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण रहेको भन्दै उद्यमशील बन्न प्रेरित गरे। कार्यक्रममा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज